ऐतिहासिक पुरैना तालको रेखांकन

कैलाली-  वसन्ता जैविक मार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका-७ स्थित ऐतिहासिक पुरैना तालको रेखांकन हुने भएको छ। २०६४/ ०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व संकटमा परेको थियो। ताल पुरिएसँगै स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनर्जीवन दिनका लागि रेखांकनको काम अगाडि बढाइएको हो। नापी कार्यालय कैलालीले तालको रेखांकनका लागि दुई अमिनलाई कार्यस्थलमा पठाएको छ। […]