जात्रा संरक्षणका लागि ललितपुर महानगरको अक्षय कोष

९ माघ, काठमाडौं । ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिकसँगसँगै धार्मिक महत्वका जात्रा, नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा यी अमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हो । यसै क्रममा महानगरले शनिवार कात्र्तिक नाचको अक्षयकोषका लागि ५० लाख हस्तान्तरण ग¥यो । महानगरले आर्थिक वर्ष […]

सम्बन्धित सामग्री

हरिसिद्धि नाच चलाउन २५ लाख सहयोग

ललितपुर महानगरपालिकाले वडा नं १८ स्थित हरिसिद्धि भवानीदेवी नाच संरक्षणका लागि रु २५ लाख सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई रु २५ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा महर्जनले जात्रा, पर्व, नाच, मठमन्दिर आदि कला संस्कृतिको संरक्षण गर्न निकै जरुरी रहेकाले अक्षय कोष खडा गर्न सहयोग गरेको बताए । उनले भने, “सभ्य समाज निर्माणका लागि यस्ता वस्तुलाई जोगाइ राख्न अतिनै जरुरी रहेको हुँदा र