असार २८, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक शेयर जेठ २६ गतेदेखि लिलीमा ल्याएको हो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । मंगलवार बैंकिङ समयसम्म विद्यमान संस्थापकहरु तथा जो कोही व्याक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।
उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १००० क्रित्ताको लागि आवेदन दिन सक्नेछन भने अधिकतमको कुनै हद लाग्ने छैन । कम्पनीले प्राप्त भएका बोलपत्रहरु असार ३० गते बिहान १० बजे हिमालयन क्यापिटलमा खोल्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।