भदौ २८, काठमाडौं । प्रभु बैंकको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले भदौ १५ गतेदेखि २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीको यस लिलामीमा शेयरमा संस्थापक शेयरधनीसहित अन्य इच्छुक ब्याक्ति तथा संघसंस्थाले सोमवार बैंकिङ समयसम्म लिलामी शेयरमा आवेदन गर्न सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २१० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र भदौ ३० गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार, कमलादीमा खालिने कम्पनीले बताएको छ । विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।