काठमाडौंको सौन्दर्यको वर्णन गर्दै आजभन्दा करिब २ सय वर्षअघि आदिकवि भानुभक्त आचार्यले लेखेका थिएःचपला, अवलाहरु एक सुरमाहिँडन्या सखि ली कन ओरिपरिगुणकेशरीको फूल ली शिरमाअमरावती कान्तिपुरी नगरीत्यसवखत काठमाडौंलाई कविले स्वर्गको इन्द्रको राजधानी अमरावतीसँग तुलना गरेका थिए । भानुभक्तको यो कविताले त्यसवखत काठमाडौं कति सुन्दर थियो होला भन्ने अनुमान गर्न सकिन्छ । भीमसेन थापा निर्मित ११ तल्ले धरोहरा, चन्द्र शम्शेर निर्मित घण्टाघर र प्रतापमल्ल निर्मित रानी पोखरी अनि पृथ्वीनारायण शाह निर्मित बसन्तपुरको नौतल