काठमाण्डाै - नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य बनाएका एम अधिकारी भन्ने व्यक्तिको बारेमा संसदमा प्रश्न उठेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा माओवादी केन्द्रका सांसदहरुले एमालेको अर्थ विभागमा रहेका एम अधिकारी, खोटाङ भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हो कि होइन भनेर प्रश्न गरेका हुन् ।
माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंक ऐन तथा नियमावली अनुसार गभर्नर र डेपुटी गभर्नर कुनै पनि दलमा आबद्ध व्यक्ति नियुक्ति हुन नमिल्ने व्यवस्था रहेको भन्दै यसबारे छानबिन गर्न माग गर्नुभएको छ । माओवादी ...