गभर्नर अधिकारी बालुवाटारमा, मार्गप्रशस्त गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतकाअनुसार अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार बाहिरिएपछि प्रधानमन्त्री देउवाले छलफलको लागि बोलाएका हुन् । एमालेले उक्त विभागको सदस्यको नाम सार्वजनिक गरेको र सदस्यमा एम अधिकारी (खोटाङ) […]