राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले देशको अर्थतन्त्र गभर्नर अधिकारीले धराशायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न समिति गठनको निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ।सो निर्णयबमोजिम अर्थ मन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका हुन्। ऐनको व्यवस्थाअनुसार छानबिन समिति गठन भएपछि गभर्नर स्व

सम्बन्धित सामग्री

राष्ट्र बैंक गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच भेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच आज भेटवार्ता भएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा र महँगो ब्याजदर लगायतका कारण सेयर बजार बढ्न नसकिरहेको भन्ने आरोप लगाईंदै आएको बेला भएको दुई निकाय प्रमुखको भेटलाई निकै चासोका रुपमा हेरिएको छ । अधिकारी […]

राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताउनुभएको हो । गभर्नर अधिकारीले शेयर बजार बढ्नु र घट्नु स्वभाविक भएको बताउनुभयो । उहाँले पुँजीबजार […]

संशोधन सरकारलाई सहज बनाउन होइन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक वित्तीय स्थायित्वका लागि अडिग रहेको बताउनुभएको छ । केन्द्रीय बैंक वित्तीय क्षेत्रको नियमनमा लचिलो नबनेको दाबी गर्नुभयो । बैंकिङ प्रणालीमा विद्यमान विकृति रोक्न अनिवार्य रहेको चालुपुँजी कर्जा मार्गदर्शनमा गरिएको संशोधन सरकारलाई सहज बनाउन नभै वित्तिय क्षेत्रका आवश्यकता अनुसार गरिएको उहाँको दाबी छ । यसमा अघिल्लो […]

सर्वाेच्चकाे आदेश समग्र 'सिस्टम' काे पक्षमा आयाे : गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमकाे पक्षमा आएको बताउनु भएको छ ।  हिजाे मङ्गलवार सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न आज बुधवार राष्ट्र बैंक पुग्नुभएका गभर्नर अधिकारीले पत्रकारहरूसँग कुरा गर्दै सर्वोच्चको आदेश समग्र सिस्टमकाे पक्षमा आएको बताउनु भएको हो । उहाँले निलम्बनपछिका दिनमा आफ्नो पक्षमा भन्दा पनि समग्र प्रणालीका पक्षमा बोलिदिनेहरूप्रति आभार व्यक्त गर्नुभयो ।  सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा...

आजदेखि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो । गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए । उनी १२ दिनपछि कार्यालय जाँदै छन्। न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्र

निलम्बनअघि सार्वजनिक रूपमै अर्थमन्त्रीले गभर्नरमाथि उठाएका प्रश्न

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनमा परेका छन् । सरकारले नेपाल राष्ट्र बैंक ऐनअनुसार पदमुक्त गर्नुअघि जाँचबुझ समिति बनाए लगतै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका हुन् । निलम्बनअघि शुक्रबार विहान मात्र अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारी एउटै मञ्चमा देखिएका थिए । कार्यक्रममा अर्थतन्त्रको संकटबारे मत मात्र बाझिएको थिएन, अर्थमन्त्री […]

तरलतामा देखिएको समस्या समाधानमा राष्ट्र बैंक लागिरहेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलतामा देखिएको समस्या समाधानमा राष्ट्र बैंक लागिरहेको बताएका छन् ।  बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले समग्र आर्थिक प्रणाली जोगाउन आफू प्रयासरत राष्ट्र बैंकले सक्दो प्रयास गरिरहेको तर्क अगाडि सारेका छन्।  राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रणालीले धान्नै नसक्ने गरी अर्थतन्त्र बिग्रन नदिने समेत बताए। उनले ५.९ प्रतिशतले विश्व अर्थतन्त्र विस्तार हुने प्रक्षेपण भइरहेको सन्दर्भ जोड्दै नेपालमा पन...

गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्क फाइनान्सका अध्यक्ष चयन भएका छन् । सोमबार ४२ औं सार्क फाइनान्स गभर्नर ग्रुपको बैठकले उनलाई नोभेम्बर १६ देखि लागू हुने गरी एक वर्षका लागि अध्यक्ष चयन गरेको छ । मालदिभ्स मनिटरी अथ्योरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंक लगायत सार्क राष्ट्रका केन्द्रीय बैंकहरू रिजर्भ बैंक अफ इण्डिया, […]