सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न गराउन अन्तरिम आदेशको माग गर्दै आइतबार उनले सर्वोच्चमा रिट दायर गरेका थिए । गभर्नर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री जनार्दन शर्मा र सरकारले गठन गरेको छानबिन समिति समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । निलम्बित गभर्नर अधिकारीले आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् अवस्