काठमाडौँ– सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयको निर्देशनसम्बन्धी सूचना चुहाएकोलगायत आरोप गभर्नर अधिकारीमाथि लगाइएको हो । अधिकारीलाई शुक्रबार निलम्बन पत्र दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको एक मन्त्रीले जनाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले अधिकारी निलम्बनमा परेको […]