काठमाडौं : निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने जनाएको छ।उपनिर्वाचनका लागि तनहुँ १, चितवन २ र बारा २ मा भोलि (सोमबार) उम्मेदवारको मनोनयन दर्ताको समय आयोगले तोकेको छ। यसैसम्बन्धमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारको मनोनयन गर्न जाँदा बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका व्यानर, चिह्न र झण्डासहित जान