राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धन उम्मेदवार देवकोटाद्वारा मनोनयन दर्ता, बादल पनि पुग्दै

हेटौंडा : वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा कांग्रेस माओवादी केन्द्र गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन्। वाग्मती प्रदेश नीति योजना आयोगका पूर्व अध्यक्षसमेत रहेका देवकोटाले वाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडामा मनोनयन दर्ता गराएका हुन्। देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय…

सम्बन्धित सामग्री

राष्ट्रिय सभामा उल्टिएको प्रवृत्ति : जनताले हराए, नेतासँग गुहार

२३ पुस, काठमाडौं । पार्टीभित्र र बाहिर पनि चर्को विरोध भएपछि सत्तारुढ गठबन्धनले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनमा सकेसम्म आमचुनाव हारेकालाई घटाउने प्रयास गरेको छ । तर आज सोमबार मनोनयन दर्ता गर्ने ५२ जना मध्ये केही नेता आमचुनाव हारेकाहरु छन् । आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्यको चुनाव जित्ने लगभग पक्का रहेकाले सत्ता गठबन्धनबाट आमचुनाव हारेका […]

नुवाकोटमा ६३ जनाको उम्मेदवार, गठबन्धनको बागी कायमै

आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नुवाकोटको दुई क्षेत्र रहेको नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५  उम्मेदवार कायम भएका छन् ।गत असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये बुधबार तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन् । मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार गरेर कूल छ पदका लागि ६३

प्रदेश-२ मा अन्तिममा फेरियो एमाले उम्मेदवार

२० पुस, जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेको छ । प्रदेश २ बाट रिक्त अन्य सदस्यमा धनुषाका असर्फी भिनबार यादवलाई उम्मेदवार छनोट गरे पनि एमालेले अन्तिममा पर्साका उस्मान अन्सारीको मनोनयन दर्ता गराएको हो । एमालेले महिलातर्फ रौतहटकी बिना साहको मनोनयन दर्ता गराएको […]

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि गठबन्धन दल र एमालेद्वारा मनोनयन दर्ता

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको लागि राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशमा राष्ट्रियसभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि नेकपा एमाले नेता कार्यकर्तासहित निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको थियो । एमालेले खुलामा कास्कीका पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी महिला कोटामा नवलपुरकी लीला थनेतलाई उम्मेदवार बनाएको छ भने दलित कोटामा स्याङ्जाका अर्जुनकुमार सोनाम उम्मेदवार बनाएको छ । त्यसैगरी काँग्रेस, माओवादी केन्द्र लगायतका अन्य द

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिममा ३ पदका लागि ६ जनाकाे उम्मेदवारी

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गराउने तयारी गरेका छन्।...

कांग्रेस केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल हुने

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारबारे छलफल हुने भएको छ । सोमबार दिउँसो बोलाइएको बैठकमा राष्ट्रियसभा सदस्य उम्मेदवार चयनका विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

कांग्रेसमा नयाँ नेतृत्वका लागि यसरी हुँदैछ मनोनयन दर्ता (तस्बिरहरु)

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको प्रक्रिया जारी छ। नेताहरुले विभिन्न पदमा आफ्नो मनोनयन दर्ता गर्दैछन् उम्मेदवारी दिनका लागि उनीहरु झाँकीसहित राष्ट्रियसभा गृह पुगेका छन्। संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिका उम्मेदवार बन्नेछन्। तर इतर समूहले भने साझा उम्मेदवार तय गर्न सकेन। नेता प्रकाशमान सिंह र शेखर कोइरालाले […]

बागमतीमा राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज

काठमाडाैं। राष्ट्रियसभा उपनिर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ। आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको छ। माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डा.खिमलाल देवकोटालाई उठाउने भएका छन्। एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन।