विभिन्न सामाजिक संस्थाद्वारा बिरामी कुरुवालाई निःशुल्क खाना

वैशाख २७, वीरगञ्ज । वीरगञ्जका विभिन्न संघसंस्थाहरूले निषेधाज्ञाको समयमा वीरगञ्जका अस्पतालमा बिरामीका कुरुवाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका छन् । समर्पण सेवा संस्था, साहिब दरवार सेवा संस्थान र स्टार मार्बल एण्ड सेनेटरी प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा बिरामीका कुरुवालाई खाना उपलब्ध गराएका हुन् ।  निषेधाज्ञाका कारण बजार बन्द भएकाले बिरामीका कुरुवालाई खानपानमा समस्या भएकाले अस्पतालमा खाना उपलब्ध गराइएको समर्पण सेवा संस्थाका सस्थापक एवम् उद्योगी विनय शाहले जानकारी दिए । सहयोगी संस्थाहरूको सहकार्यमा पाँच दिनदेखि निःशुल्क खाना वितरण गरेको शाहले बताए ।  वीरगञ्जमा कोरोना संक्रमण बढेसँगै यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक कमाइ गरेर गुजरा चलाउनेहरू भोकै पर्न थालेपछि अन्य सामाजिक संस्थाले पनि वीरगञ्जका विभिन्न स्थानमा खाना वितरण गरेका छन् । रेल्वे कटेज, सानो पाइलालगायतका संस्थाले खाना बितरण गरेका हुन् । निषेधाज्ञामा काम गर्न नपाएर बिहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलाई खाना बाँडिएको हो । सानो पाइला नामक सामाजिक संस्थाले होम आईसोलेशनमा रहेका संक्रमितलाई पौष्टिक आहार बितरण अभियान चलाएको छ ।      

सम्बन्धित सामग्री

दाङमा अस्पतालका बिरामी तथा कुरुवाहरूलाई निशुल्क खाना

दाङ । दाङमा अस्पतालका बिरामी तथा कुरुवाको सुविधाका लागि निःशुल्क खाना खुवाउने अभियान सुरू भएको छ । अरनिको समीक्षालयमा जय गुरुदेव धर्म विकास संस्था दाङले यो अभियान सुरू गरेको हो । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका बिरामी तथा कुरुवालाई मध्यनजर गरी यो अभियान थालिएको हो । राज्यले गर्नुपर्ने काम एक धार्मिक संस्थाले गरेको भन्दै विरामी […]

कोरोना सङ्क्रमित र कुरुवा लक्षित निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि बन्द

रुकुम पश्चिम – कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई लक्षित गरी रुकुम पश्चिममा सुरुवात गरिएको निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि आज समापन गरिएको छ ।  गएको जेठ ७ गतेदेखि असार २५ गतेसम्म जिल्ला अस्पताल सल्लेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहको एक स्वयंसेवक समूहले चलाएको निःशुल्क खाना तथा खाजा खुवाउने अभियान ५१ दिनपछि समापन गरिएको हो ।   कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा केही खुकुलो भइ होटेल तथा रेस्टुरेन्ट समेत खुला गर्ने जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णय भएकाले अहिले त्यो ...

जीएमसी(पोखरा) मा कोभिडका बिरामी र उनका आफन्तलाई निःशुल्क खाना

पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) कोभिड उपचार केन्द्रमा निःशुल्क खाना खुवाउन सुरु भएको छ । पोखरा–३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबले तेर्सापट्टी बुहारी समूहको सहकार्यमा विभिन्न दाताको प्राप्त सहयोगबाट दैनिक कुखुराको मासु भात खुवाउने व्यवस्था गरेको हो ।क्लवले बुधबारदेखि नेवाः छे भवनमा खाना तयार पारेर जीएमसीमा कोभिडका बिरामी, उनका कुरुवा र स्वास्थ्यकर्मीलाई समेत निःशुल्क खाना खुवाउन […]

सप्तरीमा कोरोना संक्रमित र कुरुवालाई निःशुल्क खाना

१४ जेठ, सप्तरी । सप्तरीमा कोरोना संक्रमित बिरामी र उनका कुरुवालाई निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । सदरमुकाम राजविराजका युवा व्यवसायी र राजविराज जेसीजको पहलमा कोरोना संक्रमित र कुरुवालाई खाना खुवाउन शुरु गरिएको हो …

रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी […]

कोरोना संक्रमित र कुरुवालाई निःशुल्क खाना

रुकुम पूर्व : रुकुम पश्चिममा कोरोना भाइरसको संक्रमण पुष्टि भएर आइसोलेसनमा भर्ना भएका बिरामी र उनीहरूका कुरुवाका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ।जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा रहेका बिरामी र कुरुवाका लागि नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)को समन्वयमा खानाको व्यवस्था गरिएको हो। अस्पताल नजिकै रहेको सरस्वती माविको भवनमा खाना तयार गरी अस्पतालमा उपलब्ध गराउन थालेको विप्लव समूहको जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले जानकारी दिए। अस्पतालमा संक्रमितका लागि उचित खाना, खाजाको व्यवस्था नभएको र

रुकुम पश्चिम : आइसाेलेशनमा भर्ना भएका कोरोना सङ्क्रमित र कुरुवालाई निःशुल्क खाना

रुकुम पश्चिम – रुकुम पश्चिममा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा भर्ना भएका बिरामी र उनीहरूका कुरुवाका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ । जिल्ला अस्पताल सल्लेको आइसोलेशनमा बसेका बिरामीका लागि नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को समन्वयमा खानाको व्यवस्था गरिएको हो । अस्पताल नजिकै रहेको सरस्वती माविको भवनमा खाना तयार गरी अस्पतालमा उपलब्ध गराउन थालेको विप्लव समूहको जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले जानकारी दिनुभयो । अस्पतालमा सङ्क्रमितका लागि उचित खाना–खाजाको व्यवस्था नभएको र न...

अस्पतालमा बिरामी कुरुवालाई निःशुल्क खाना

वीरगञ्ज । वीरगञ्जका विभिन्न संघसंस्थाहरूले निषेधाज्ञाको समयमा वीरगञ्जका अस्पतालमा बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराएका छन् । समर्पण सेवा संस्था, साहिब दरबार सेवा संस्थान र स्टार मार्बल एण्ड सेनेटरी प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा बिरामीका कुरुवालाई खाना उपलब्ध गराएका हुन् । निषेधाज्ञाका कारण बजार बन्द भएकाले बिरामीका कुरुवालाई खानपानमा समस्या भएकाले अस्पतालमा खाना उपलब्ध गराइएको समर्पण सेवा संस्थाका सस्थापक एवम् उद्योगी विनय शाहले जानकारी दिए । सहयोगी संस्थाहरूको सहकार्यमा ५ दिनदेखि निःशुल्क खाना वितरण गरेको शाहले बताए । वीरगञ्जमा कोरोना संक्रमण बढेसँगै यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक कमाइ गरेर गुजारा चलाउनेहरू भोकै पर्न थालेपछि अन्य सामाजिक संस्थाले पनि वीरगञ्जका विभिन्न स्थानमा खाना वितरण गरेका छन् । रेल्वे कटेज, सानो पाइलालगायतका संस्थाले खाना वितरण गरेका हुन् । निषेधाज्ञामा काम गर्न नपाएर बिहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलाई खाना बाँडिएको हो । सानो पाइला नामक सामाजिक संस्थाले होम आइसोलेशनमा रहेका संक्रमितलाई पौष्टिक आहार वितरण अभियान चलाएको छ ।

बन्द भयो निःशुल्क खाना खुवाउने इलामेली किचन

कोरोना भाइरसको सङ्क्रमण बढ्ने भएपछि सरकारले गरेको लकडाउनपश्चात निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै केही सहजता भएको भन्दै किचन बन्द भएको हो । इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा बिरामी लिएर आएकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान नै सञ्चालन गरिएको थियो । होटल एशोसिएशन इलामका अध्यक्ष तथा समाजसेवी देवी पौडेल र समाजसेवी सुमन श्रेष्ठको पहलमा सो अभियान सञ्चालन गरिएको थियो । अभियान सञ्चालन भएपछि देश–विदेशबाट समेत खाना खुवाउन सहयोग प्राप्त हुँदै आएको थियो ।