कोरोना भाइरसको सङ्क्रमण बढ्ने भएपछि सरकारले गरेको लकडाउनपश्चात निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै केही सहजता भएको भन्दै किचन बन्द भएको हो ।
इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा बिरामी लिएर आएकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान नै सञ्चालन गरिएको थियो । होटल एशोसिएशन इलामका अध्यक्ष तथा समाजसेवी देवी पौडेल र समाजसेवी सुमन श्रेष्ठको पहलमा सो अभियान सञ्चालन गरिएको थियो । अभियान सञ्चालन भएपछि देश–विदेशबाट समेत खाना खुवाउन सहयोग प्राप्त हुँदै आएको थियो ।