चरनक्षेत्रकाे अभावपछि बेसी झरे भेडा व्यवसायी

बझाङ – लेकाली भेगमा हिमपातसँगै अत्याधिक चिसो बढेपछि बझाङका भेडापालक किसानहरु बेसी झर्न थालेका छन् । चिसोसँगै भेडाको चरन क्षेत्र हिउँले पुरेपछि अधिकांश भेडापालकहरु बेसी झर्न थालेका हुन् ।  भेडापालक धनबहादुर धामीले परापूर्वकालदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानियहरुले अवरोध गर्न थालेपछि बेसी झ...

सम्बन्धित सामग्री

बेसी झर्न थाले उत्तरी गोरखाका भेडीगोठ

जाडोयाम सुरु भएसँगै उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका भेडी गोठहरू बेसी झर्न थालेका छन् । चिसो बढेसँगै लेकमा घाँसको अभाव हुँदै जानु र अत्यधिक मात्रामा चिसोले गर्दा पनि हिमाली भेगमा रहेका भेडा च्याङ्ग्रा बेसी झार्न थालिएका हुन् ।

ताप्लेजुङ : जाडाे छल्न बेसी झरेका भेडीगोठ लेकतिर उक्लिँदै

ताप्लेजुङ - ताप्लेजुङका हिमाली क्षेत्रबाट जाडो र हिमपात छल्न औल झरेका भेडीगोठहरु लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै वैशाखकाे अन्तिम हप्तादेखि भेडीगाेठ हिमाली क्षेत्रतर्फ सार्न थालिएकाे हाे ।  फुङ्लिङ नगरपालिका–११ फावाखोलाका कृषक गोपाल विष्टले ३ हजारदेखि ३ हजार ५०० मिटरसम्मका हिमाली क्षेत्रमा रहेका भेडीगाेठमा भेडा सार्न लागिएकाे जानकारी दिनुभयाे । गर्मी मौसममा भेडाहरु औलमा बस्न नरुचाउने भएकाले गाेठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उहाँकाे भनाइ ...

फोटो फिचर: शीतल खोज्दै ढुंगेओढारतिर भेडा

गर्मी मौसम सुरु भएसँगै भेढालाई लेकतिर लैजान थालिएको छ । स्थानीयले जाडो मौसममा बेसी झारिएका भेडाका बथानलाई पुनः लेकतर्फ लैजान लागिएको हो ।

चिसाे छल्न बझाङका भेडी गाेठ बेसी झारिँदै

बझाङ – चिसो बढ्न थालेसँगै बझाङको हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेसी झर्न थालेका छन् । साइपाल गाउँपालिका, तल्कोट गाउँपालिका, मष्टा गाउँपालिका लगायतका ठाउँका भेडापालक किसान चिसो छल्न बेसी झर्न थालेका हुन् । भेडापालक किसान वर्षायाममा लेकतिर जाने र हिउँदमा बेसी झर्ने गर्दछन् ।  हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि र भेडा चरन क्षेत्रमा हिमपात सुरु हुन थालेपछि भेडी गोठ बेसी झार्नुपरेको साइपाल १ का किसान जयबहादुर बोहराले बताउनुभयो । ‘हिउँदको समयमा चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबा...

बाटो नहुँदा भेडीगोठ सार्न समस्या

भेडा चर्ने ठाउँमा चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतिर झर्न बाटोले समस्या परेको छ । असोज सुरुदेखि नै दार्चुलाको व्यास क्षेत्रमा चिसो बढ्न थालेपछि भेडीगोठहरू बेसी झर्न सुरु हुन्छ । तर, बाटो नहुँदा व्यासका भेडीगोठलाई बेंसी झार्न समस्या भएको हो ।

नायिकाको डोल्पा डायरी : खुसी खोज्ने हो भने कर्णाली जानू

काठमाडौं । अहिले कर्णाली क्षेत्रमा निकै कष्ट छ । डाँडापाखामा सेतमम्मे हिउँ छन् । चौंरी र भेडा लिएर लेक चढेकाहरू भटाभटी बेसी झर्दै छन् । जाडो असाध्यै बढेको छ । कति ठाउँमा तापक्रम माइनसमा छ । उकालो ओरालो । हिँड्ने बाटो साँघुरो । त्यस भेगका मान्छेका दुःख कति हो कति । काठमाडौंमा बसेर सुन्दा यस्तै […] The post नायिकाको डोल्पा डायरी : खुसी खोज्ने हो भने कर्णाली जानू appeared first on राजधानी राष्ट्रिय दैनिक.

सवारी साधनसँग तर्सिएर ३१ भेडाबाख्रा भीरबाट खस्दा दुई बाख्रा र ११ भेडा मरे

हिमाली जिल्ला मनाङमा सवारी साधनदेखि तर्सिएर झण्डै एकदर्जन भेडाबाख्रा मरेका छन् । मनाङको चामे गाउँपालिका वडा नम्बर १ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङलगायतले सञ्चालन गरेको सिद्धार्थ भेडाफार्मका नौ भेडा र दुई बाख्रा मरेका हुन् ।हिमाली क्षेत्रमा चिसो बढेसँगै बेसी झर्ने क्रममा रहेको भेडीगोठ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत खोत्रो भन्ने स्थानमा सवारी […]

चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

बाजुरा– बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन्। हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित भेडा, च्यांग्रा, गाईबस्तु लिएर औलतिर झरेका छन्। यहाँका स्थानीयहरू सधैँ हिउँदको समयमा जाँडो छल्न औलतिर लाग्ने गरेका छन्। हिमपातसँगै चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि बेसी झर्न लागेको स्थानीय गोलु भोटेले बताएका छन्। चिसो सुरु भएपछि […]

चिसो हटेसँगै लेकतिर फर्किँदै भेडीगोठ

चिसोको समयमा बेसी झरेका भेडीगोठ यती बेला गाउँ फर्किन थालेका छन् । बूढी नन्दा, हिमाली , स्वामिकार्तिक, जगनाथ लगायतका अधिकांश स्थानीयहरूको मुख्य पेसा भेडा बाख्रापालन रहेकोले उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडा बाख्रा पाल्न सहजताका लागि गत कात्तिकमा बेँसी झरेका थिए ।

भेडापालक किसानकाे मर्म : सातदिन भेडा चराएको मूल्य २५ देखि ३० हजारसम्म

डीबी विष्ट/उज्यालो । बझाङ, पुस २५ – हिमाली भेगमा हिमपातसँगै बढेको चिसाले बझाङमा भेडा पाल्नेहरु बेसी झरेका छन् । चिसो बढेका कारण हिमाली क्षेत्रम...