बझाङ – चिसो बढ्न थालेसँगै बझाङको हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेसी झर्न थालेका छन् । साइपाल गाउँपालिका, तल्कोट गाउँपालिका, मष्टा गाउँपालिका लगायतका ठाउँका भेडापालक किसान चिसो छल्न बेसी झर्न थालेका हुन् । भेडापालक किसान वर्षायाममा लेकतिर जाने र हिउँदमा बेसी झर्ने गर्दछन् ।
हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि र भेडा चरन क्षेत्रमा हिमपात सुरु हुन थालेपछि भेडी गोठ बेसी झार्नुपरेको साइपाल १ का किसान जयबहादुर बोहराले बताउनुभयो । ‘हिउँदको समयमा चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबा...