ताप्लेजुङ - ताप्लेजुङका हिमाली क्षेत्रबाट जाडो र हिमपात छल्न औल झरेका भेडीगोठहरु लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै वैशाखकाे अन्तिम हप्तादेखि भेडीगाेठ हिमाली क्षेत्रतर्फ सार्न थालिएकाे हाे ।
फुङ्लिङ नगरपालिका–११ फावाखोलाका कृषक गोपाल विष्टले ३ हजारदेखि ३ हजार ५०० मिटरसम्मका हिमाली क्षेत्रमा रहेका भेडीगाेठमा भेडा सार्न लागिएकाे जानकारी दिनुभयाे । गर्मी मौसममा भेडाहरु औलमा बस्न नरुचाउने भएकाले गाेठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उहाँकाे भनाइ ...