चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

बाजुरा– बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन्। हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित भेडा, च्यांग्रा, गाईबस्तु लिएर औलतिर झरेका छन्। यहाँका स्थानीयहरू सधैँ हिउँदको समयमा जाँडो छल्न औलतिर लाग्ने गरेका छन्। हिमपातसँगै चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि बेसी झर्न लागेको स्थानीय गोलु भोटेले बताएका छन्। चिसो सुरु भएपछि […]

सम्बन्धित सामग्री

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला । हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या […]

चिसो बढेपछि हुम्लाको हिल्सा र सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारियो

हुम्ला – चिसो बढेपछि हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारिएका छन् । चिसो बढेपछि यी दुुवै ठाउँमा मानिसको आउजाउ कम  भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा र सुनखानीका सीमा प्रहरी चौकीबाट प्रहरीको टोली फिर्ता ल्याइएको छ । दुवै प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ थिए । हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएका कारण दुुवै प्रहरी चौकीबाट प्रहरीलाई फिर्ता बोलाइएको  हो...

हुम्लामा बाक्लो हिमपात, हवाई सेवा अवरुद्ध

काठमाडौं, फागुन ११ । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा बुधबार बिहानदेखि बाक्लो हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका विमानस्थलले जनाएको छ । सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म […]

हुम्लामा बिहानदेखि हिमपात

हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट  उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका हुम्ला विमानस्थलले जनाएको छ ।  सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भने “यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।”&nbs

हिमपात र चिसोले सिमकोट विमानस्थल कालोपत्रे रोकियो

हिमपातपछि बढेको अत्याधिक चिसोले हुम्ला सिमकोटस्थित  विमानस्थल निर्माण प्रभावित भएको छ । चिसोले विमानस्थल कालोपत्रे र नयाँ एप्रोन निर्माण रोकिएको निर्माण कार्यमा संलग्न तेण्डी शेर्पाले बताए ।विमानस्थलभित्रको एप्रोन निर्माण कार्य सकिएर कालोपत्र गर्ने काम भइरहेको बेला हिमपात र चिसो बढेपछि रोक्नु परेको शेर्पाले बताए । जिल्लामा तापक्रम माइनस ११ डिग्री भन्दामाथि बढ्दै जान थालेपछि काम नहुने भएकाले बन्द गरेको नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल निर्माण आयोजनाका साइट इन्चार्ज अजयकुमार गुप्ताले

चिसोले कर्णालीको जनजीवन कष्टकर

मौसममा बदली भई चिसो बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । आइतबारदेखि भएको मौसम बदलीका कारण कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पामा हिमपात भएको छ भने जुम्ला, मुगुको उच्च भूभागमा हिमपात भएको छ । हिमपातसँंगै मौसम खराबीले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।हिमपातसँंगै हुम्लाको न्यूनतम तापक्रम माइनस ११ डिग्री पुगेको छ । हुम्लामा तीन फिट […]

हिमपातपछि चिसो बढ्दा चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

सिमकोट – हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन्। सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। जिल्लाका तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएपछि घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर […]

चिसो छल्न तराई झर्दै हुम्ली

हुम्ला– उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् । हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । तापक्रम माइनसमा पुगेपछि यहाँका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा जाडो छल्न पुग्ने गर्दछन् । जिल्लामा अत्यधिक चिसो बढेपछि यहाँका नागरिक जिल्ला बाहिरिने गरेका छन् । मङ्सिरको […]

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । मौसम परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसो मौसम सुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्

हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी चिसो बढेपछि सिमकोट फर्किए

हुम्ला - नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सिमकोट फर्किएका छन् । चिसो बढेपछि हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत टोली चिसो बढेपछि फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। यसअघि सुनखानीमा रहेको प्रह...