जाडोयाम सुरु भएसँगै उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका भेडी गोठहरू बेसी झर्न थालेका छन् । चिसो बढेसँगै लेकमा घाँसको अभाव हुँदै जानु र अत्यधिक मात्रामा चिसोले गर्दा पनि हिमाली भेगमा रहेका भेडा च्याङ्ग्रा बेसी झार्न थालिएका हुन् ।
२०७२ सालको विनाशकारी भूकम्प आउनुअघिसम्म गोरखाको उत्तरी गाउँ धार्र्चेका लाप्राकीसँग ६० भन्दा धेरै भेडीगोठ थिए । भेडाबाट हुने आम्दानीले वर्षभरिको अन्न जोहो गर्ने र चाडपर्व मनाउने लाप्राकीसँग हिजोआज मुस्किलले छवटा भेडीगोठ छन् ।
लमजुङ (नेस) । उत्तरी लमजुङको मस्र्याङदी गाउँपालिकाभित्रका भेडीगोठ कृषक समूहलाई भेडाको ऊन काट्ने आधुनिक मेसिन र चर्खा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिकाअन्र्तगतका पाँच वटा कृषक समूहलाई उक्त मेसिन प्रदान गरिएको हो । केन्द्रले पल्ता घुम्ती भेडीगोठ कृषक समूह तल्लो चिप्ला, मिलीजुली ऊन प्रशोधन कृषक समूह खानीगाउँ, चमरीखर्क […]
पाँचथरको उत्तरी फालेलुङको मेमेङमा योगेन्द्र साउदेनले भेडाहरु बस्तीनजिक रहेको गुरासे भन्ने ठाँउमा ल्याईपुर्याएका छन्। जाडो बढ्दै गएपछि उनले चोक (भेडीगोठ) सार्दै वस्ती नजिक ल्याएका हुन्।
हिमाली जिल्ला रुकुम पूर्वमा चिसो बढेसँगै जिल्लाका उत्तरी भेगका भेडा पालक किसान भेडाका बथानसहित पश्चिम रुकुममा झरेका छन् । मौसम अनुसार घुम्ती रुपमा भेडापालन गर्ने किसान न्यानो नहुन्जेलसम्म यतै रहनेगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका –८ साँखमा आएका हुन् ।