नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, गणतन्त्र, संघीयता नै खतरामा पार्ने गरी देखिएको केपी प्रवृत्तिविरुद्ध लड्दा फेरि जेल जान पनि तयार र मर्न पनि तयार रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यतिबेला देशको परिस्थिति जटिल र चुनौतीपूर्ण रहेको बताए ।
‘केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दै गर्दा जनयुद्धको डकुमेन्ट लेखेको अनुभूति भएको थियो । केपी प्रवृत्तिका विरुद्ध जानीबुझी म फेरि जेल जानु परे पनि ...