पहाडी क्षेत्रमा उद्योग सञ्चालन गर्नेलाई ५० प्रतिशत छूट दिने तुलसीपुर उपमहानगरको निर्णय

तुलसीपुर उपमहानगरपालिकाको पहिलो नगर सभाले उपमहानगरपालिकाको पहाडी क्षेत्रमा उद्योग व्यवसाय दर्ता तथा संचालन शुल्कमा ५० प्रतिशत छूट दिने निर्णय गरेको छ । त्यस्तै, दलित र महिलाहरुले दर्ता तथा संचालन गर्ने उद्योग तथा व्यवसायमा २५ प्रतिशत छूटको व्यवस्था गरेको छ भने फरक क्षमता भएकाहरुले दर्ता तथा संचालन गर्न चाहेमा ५० प्रतिशत छूट पाउने भएका छन् ।…

सम्बन्धित सामग्री

उद्योग दर्ता र नवीकरणमा ५० प्रतिशत छुट

पछाडि पारिएका वर्गले उद्योग सञ्चालन गर्न चाहेको खण्डमा दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइने छ ।

उद्योग दर्ता र नवीकरणमा ५० प्रतिशत छुट

पछाडि पारिएका वर्गले उद्योग सञ्चालन गर्न चाहेको खण्डमा दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइने छ ।

दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द

दाङ - दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द भएको छ । कोभिड महामारीका बेलामा बन्द भएको उद्योग फेरि सञ्चालनका लागि रकम अभाव भएको हो । उद्योग सञ्चालन गर्न नयाँ मेसिन थप्ने तयारी भए पनि लगानी जुटाउन समस्या भएको उद्योग सञ्चालकले बताएका छन् । ५० प्रतिशत सरकारी अनुदानमा घोराही उपमहानगरमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्रले रकम अभावकै कारण मल उत्पादनमा समस्या परिरहेको जनाएको छ । जिल्लामा मल उत्पादन सुरु भए किसानलाई मलको समस्या नहुने सूर्यशक्ति प्राङ्गारिक मल उद्योगका सञ्चालक महेश चौध...

विलासी वस्तु आयात नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालका लागि विलासी वस्तु आयात नगर्न आग्रह गर्नुभएको छ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन समारोहमा उहाँले कच्चा पदार्थ स्वदेशमै ल्याएर उद्योग सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । उहाँले काठमाडौंलाई व्यापार हबका रूपमा विकास गर्न यो बन्दरगाहले थप टेवा पुर्‍याउने बताउनुभएको छ । यो बन्दरगाहले भन्सार जाँचपास सजिलो बनाउने भन्दै प्रधानमन्त्री देउवाले अन्य स्थानमा पनि पूर्वाधार विकास गरिने बताउनुभयो । नेपालको सीमा नाकाबाहेक अन्यत्र निर्माण भएको यो पहिलो बन्दरगाह हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघमा यसको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको ३ वर्षपछि बन्दरगाहको उद्घाटन भएको छ । उद्घाटनका दिन वीरगञ्जबाट आएका चारओटा मालवाहक सवारी साधन यो बन्दरगाहमा प्रवेश गरेका थिए । बन्दरगाह मंगलवारदेखि नै सञ्चालनमा आएको छ । बन्दरगाह १ अर्ब ६० करोड रुपैयाँ लागतमा २ सय २० रोपनीमा निर्माण भएको हो । यसको निर्माण गत असोजमा सम्पन्न भइसकेको थियो । अब व्यवसायीले यहाँबाट सीधै सामान आयात–निर्यात गर्न सक्नेछन् । डेढ वर्षमा बन्दरगाह निर्माण गरिसक्ने भनिए पनि ३२ महीना लागेको थियो । कोभिड–१९ लगायत कारण निर्माणमा ढिलाइ भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनले उद्घाटनसँगै बन्दरगाह सञ्चालनमा आएको बताए । वीरगञ्जबाट मालवाहक गाडी ल्याएर बन्दरगाह सञ्चालन गरिएको उनको भनाइ छ । उनका अनुसार अब आयात–निर्यातकर्ताले यो बन्दरगाहबाट वीरगञ्जको जस्तै सुविधा पाउनेछन् । बन्दरगाह सञ्चालनको सबै तयारी भइसकेको उनको भनाइ छ । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयात–निर्यातकर्ताका लागि यो बन्दरगाह कोशेढुंगा साबित हुने बताए । सुक्खा बन्दरगाह सञ्चालनमा आउँदा ढुवानी लागतदेखि भन्सार जाँचपासजस्ता विषयमा सहज हुने भन्दै उनले थपे, ‘यसको सफल र बढी प्रयोगका लागि फास्ट ट्र्याक नीति ल्याउनुपर्छ भने रेलवे लिक जोड्नु पनि आवश्यक छ ।’ अहिले व्यापारघाटा सबैभन्दा ठूलो समस्या भएको भन्दै उनले नेपालले उत्पादन गर्ने वस्तुको लागत कटौती र गुणस्तरमा जोड दिए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आयात–निर्यातको ५० प्रतिशत अंश काठमाडौं उपत्यकामा रहेकाले बन्दरगाह सञ्चालनले व्यापार, व्यवसाय सहज हुने बताए । काठमाडौं सामान ल्याउन र यहाँबाट निर्यात गर्न वीरगञ्ज, भैरहवालगायत भन्सारमा जानु नपर्ने अवस्था आएको उनले बताए ।

चौधरी ग्रूपको पहिलो उद्योग बन्द, भारतीय अवैध आयातले बजार गुमाउँदै नेपाली उद्योग

चैत १७, विराटनगर । व्यावसायिक घराना चौधरी ग्रूपको पहिलो उद्योग पशुपति बिस्कुट १५ दिनका लागि बन्द गरिएको छ । स्टक बढी भएको र बजारमा माग कम भएको भन्दै उद्योगले सूचना प्रकाशित गरी उत्पादन बन्द गरेको जानकारी दिएको छ ।  पछिल्लो समय खुला सिमानाबाट अवैध रुपमा भारतीय बिस्कुट भित्रिँदा घरेलु बजारमा स्वदेशी बिस्कुटको माग घटेको छ ।  अल्पकालीन रूपमा उत्पादन बन्द गरिए पनि स्टकमा रहेको बिस्कुट विक्री गर्ने तथा प्रशासन र अन्य शाखा सञ्चालनमा रहने उद्योगका प्रशासन प्रमुख भरत सिलवालले बताए । विद्युत् आपूर्तिमा देखिएको समस्या र कच्चा पदार्थ घिउलगायतमा भएको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै जानु र बजारमा भारतीय बिस्कुटको अवैध आयात निर्बाध हुनुले नेपाली बिस्कुटको बजार खुम्चँदै गएकाले केही दिनलाई उत्पादन रोक्नुपरेको सिलवालले बताए । उनले ६० हजार कार्टुन स्टक रहेकाले केही दिनलाई उत्पादन बन्द गरेको जानकारी दिए ।  सूचना नै प्रकाशित गरेर उद्योग बन्द गरिएको यो पहिलोपटक हो । ४८ वर्षअघि २०३० सालमा चौधरी ग्रूपका संस्थापक लुनकरणदास चौधरीले यो उद्योग स्थापना गरेका थिए । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा उद्योग स्थापनाको स्वर्णिम समयमा खुलेको पशुपति बिस्कुटको नेपाली बजारमा झन्डै ८० प्रतिशत वर्चस्व थियो । पशुपति बिस्कुट उद्योग वसन्त चौधरीको भागमा परेको छ । यो उद्योग उनैले सञ्चालन गर्दै आएका छन् । उद्योग अल्पकालीन बन्द भनिए पनि बजार खुम्चँदै र कच्चा पदार्थ महँगिँदै गएकाले लामो समय बन्द हुन सक्ने स्रोतले बताएको छ । स्रोत भन्छ, ‘पशुपति मात्रै होइन, बैंकले तनाव नदिने हो भने अहिलेको परिवेशमा ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा छन् ।’ सिलवालले श्रम ऐन २०७४ को दफा १५ बमोजिम चैत १६ देखि लागू हुने गरी १५ दिनका लागि उद्योगको उत्पादन रोकिने सूचना गरेका छन् । ‘उक्त अवधिबीच उद्योग पूर्ण वा आंशिक रूपमा सञ्चालन गर्नुपर्ने भएमा त्यसको अग्रिम सूचना दिइनेछ । प्रशासन, सुरक्षा, लेखा र विक्री विभागसम्बन्धी कार्य आवश्यकताअनुसार सञ्चालनमा रहनेछ,’ सूचनामा भनिएको छ ।  सिलवालले श्रम तथा रोजगार कार्यालयको स्वीकृति लिएर नियमअनुसार नै उत्पादन स्थगित गरिएको बताए । उनले बन्दाबन्दीको अवधि र त्यसभन्दा पहिले उद्योग २४ घण्टा सञ्चालन भइरहेको स्मरण गरे । बन्दाबन्दी खुलेपछि भारतबाट चोरी पैठारी भई आएका बिस्कुटसित प्रतिस्पर्धा गर्न गाह्रो भएकाले उद्योग सञ्चालन ८ घण्टामा झार्नुपरेको उनले सुनाए । उनका अनुसार उद्योग ८ घण्टा सञ्चालनमा ल्याइए पनि लामो समयदेखि अर्डर आएको छैन । ‘उत्पादित वस्तुले उद्योगका सबै गोदाम भरिएका छन् । करोडौंको बिस्कुट गोदाममा थन्क्याउनुपरेको छ । बजारमा रहेको पैसा नउठ्ने समस्या पनि विकराल छ । कसैसित १० लाख लिनु छ भने दशौंपटक फोन गरेपछि बल्लबल्ल २५ हजार पठाइदिन्छ । यस्ता अवस्थामा कसरी चलाउन सकिन्छ उद्योग ?’ सिलवालले भने । उत्पादन बन्द गरिएको १५ दिनमा सारा शक्ति लगाएर उधारो उठाउने र गोदाममा थन्किएको माल विक्री गर्ने योजना रहेको उनले बताए । ‘गोदामको माल नघटी उद्योग खोल्ने अवस्था हुँदैन,’ उनले भने । उद्योगको नेपाल ट्रेड युनियन कांग्रेस उद्योग एकाइका सभापति हीरा यादवले ८ घण्टा चलेको र बन्दको सूचना जारी भएको पुष्टि गरे । उद्योगले सबैको भुक्तानी गरेर नियमअनुसार नै बन्द गरेको हो,’ उनले भने, ‘हामी कसैले पारिश्रमिक लिन बाँकी छैन । हामी छिट्टै उत्पादन शुरू होला भन्ने आशामा छौं ।’

सहकारीले उद्योग सञ्चालन गर्दै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योग सञ्चालन गर्ने भएको छ । गैंडाकोट–११ हर्कपुरमा रहेको सहकारीले एक करोड ९४ लाख ८५ हजार रुपैयाँको लगानीमा उद्योग सञ्चालन गर्न लागेको हो ।कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत […]

घर भाडामा लिएर संचालित उद्योगलाई ५० प्रतिशत घरभाडा छुट !

काठमाडौँ । सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिएका हुन् ।

पर्सा बारा औद्योगिक करिडोरका उद्योगको उत्पादन ५० प्रतिशत कटौती

कोरोनाको दोस्रो लहरसँगै जारी निषेधाज्ञाको कारण पर्सा बारा औद्योगिक करिडोरका उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताका अनुसार प्राय: सबै उद्योगले हाल आफ्नो उत्पादन कटौती गरेर सीमित जनशक्तिबाट उद्योग सञ्चालन गरिरहेका छन् ।

पर्सा बारा औद्योगिक करिडोरका उद्योगको उत्पादन ५० प्रतिशत कटौती

कोरोनाको दोस्रो लहरसँगै जारी निषेधाज्ञाको कारण पर्सा बारा औद्योगिक करिडोरका उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताका अनुसार प्राय: सबै उद्योगले हाल आफ्नो उत्पादन कटौती गरेर सीमित जनशक्तिबाट उद्योग सञ्चालन गरिरहेका छन् ।