दाङ - दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द भएको छ । कोभिड महामारीका बेलामा बन्द भएको उद्योग फेरि सञ्चालनका लागि रकम अभाव भएको हो ।
उद्योग सञ्चालन गर्न नयाँ मेसिन थप्ने तयारी भए पनि लगानी जुटाउन समस्या भएको उद्योग सञ्चालकले बताएका छन् । ५० प्रतिशत सरकारी अनुदानमा घोराही उपमहानगरमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्रले रकम अभावकै कारण मल उत्पादनमा समस्या परिरहेको जनाएको छ ।
जिल्लामा मल उत्पादन सुरु भए किसानलाई मलको समस्या नहुने सूर्यशक्ति प्राङ्गारिक मल उद्योगका सञ्चालक महेश चौध...