घर भाडामा लिएर संचालित उद्योगलाई ५० प्रतिशत घरभाडा छुट !
काठमाडौँ । सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिएका हुन् ।