उत्तरआधुनिकतावादी राजनैतिक चिन्तकहरूले दसकौं पहिले नै इतिहास, दर्शन र विचारको अन्त्य भएको वकालत गरेका थिए । उनीहरूले सारा संसार गोरेटोविहीन निष्पट्ट अँध्यारो सुरुङतर्पm छिर्दै गएको दावी गरे । तर उनीहरूको चिन्तन जीवन्त ऐतिहासिक भौतिकवादी दर्शनबाट निर्देशित थिएन ।द्वन्दवादले हरेक वस्तु वा सत्ताको उत्पति, विकास, विनाश अनि पुनः नयाँ रुपान्तरण वा विशेषता सहितको जन्म हुन्छ भन्ने मान्यता राख्दछ । वस्तुतः त्यो अघिल्लो भन्दा गुणात्मक रुपमै सही र प्रगतिशील हुन्छ । यही भौतिकवादी प्रस्तावनाअनुरुप माक्र्सवाद