ललितपुरमा गठबन्धनको चुनावी सभा

सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ । । नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा आयोजना गरिरहेको हो । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी छन् ।  त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज गठबन्धनको तर्फबाट चुनावी सभा हुँदैछ । आज सुदूरपश्चिमको डडेलधुरामा चुनावी सभा हुने कार

सम्बन्धित सामग्री

काठमाडौं–२ मा आज गठबन्धनले चुनावी सभा गर्दै

काठमाडौं । सत्ता गठबन्धनले (आज) बिहिबार काठमाडौंमा चुनावी सभा गर्ने भएको छ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा बिहिबार अन्तिम चुनावी सभा गर्न लागेको हो। सोही चुनावी सभा दिउँसो २ बजे कोटेश्वरमा हुने गठबन्धनका एक नेताले बताएका हुन् । चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]

एमालेको चुनावी सभा सुरु (लाइभ भिडियो)

काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी सभा सुरु भएको छ। एमालेको चुनावी सभा राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । सभालाई अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पोखरामा पाँचदलीय गठबन्धनको चुनावी सभा सुरु

सत्तारुढ पाँचदलीय गठबन्धनको पोखरामा बृहद चुनावीसभा सुरु भएको छ। पोखरा महानगरसहित कास्कीका पाँचवटा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले जिल्ला स्तरीय बृहद चुनावी सभा आयोजना गरेको हो।...

भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने

जिल्लाको सबैभन्दा ठुलो र धेरै मतदाता भएको भीमेश्वर नगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धनले नगरस्तरीय चुनावी सभा नगर्ने भएको छ।...

भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने

वडा तथा टोल भेला तथा सभाहरु सकेको गठबन्धनले नगर स्तरीय चुनावी सभा नगर्ने कांग्रेसका नगर सभापति शंकर कार्कीले बताए।...

पोखरामा भोलि गठबन्धनको चुनावी सभा

सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार पोखरामा बृहद चुनावी सभा आयोजना गर्दैछ। पोखरा महानगरसहित कास्कीका पाँचवटा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले जिल्ला स्तरीय बृहद चुनावी सभा आयोजना गर्न लागेको हो। यसअघि नेपाली कांग्रेसले एकल रुपमा चुनावी सभा गर...

काठमाडौंमा गठबन्धनले आज चुनावी सभा गर्दै

काठमाडौं । सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौंमा चुनावी सभा गर्ने भएकाे छ । काठमाडौंकाे शान्तिबाटिकामा शुक्रबार दिउँसो १ बजे गठबन्धनले चुनावी सभा गर्ने भएकाे हाे । साे सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएकाे एक नेताले बताएका छन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी […]

काठमाडौं कांग्रेसले २३ गते चुनावी सभा गर्ने

काठमाडौं : नेपाली कांग्रेस काठमाडौंले वैशाख २३ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ। जिल्ला कार्यसमितिको कार्यालय ज्ञानेश्वरमा सोमबार बसेको बैठकले वैशाख २३ गते रत्नपार्कमा चुनावी सभा गर्ने निर्णय भएको नेता प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए। २३ गते दिउँसो १ बजे रत्नपार्कस्थित शान्तिवाटिकामा चुनावी सभा गर्ने भएको छ। आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस नेता सिंहलगायत जिल्ला कार्यसमितिका नेताहरूको उपस्थिति थियो।

काँग्रेसद्वारा सातै प्रदेशमा चुनावी सभा गर्ने घोषणा

नेपाली काँग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । शनिबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी सातै प्रदेशमा चुनावी सभा गर्ने जानकारी दिएका हुन् ।पौडेलका अनुसार वैशाख २१ गते प्रदेश नम्बर १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौमा चुनावी सभा हुनेछन् । त्यस्तै वैशाख २४ गते पोखरा, वैशाख २५ गते रुपन्देही, वैशाख २६ गते सुर्खेत र वैशाख २७ कैलालीमा चुनावी सभा हुने जारी सूचनामा उल्लेख छ ।

सातै प्रदेशमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्दै

काठमाडौं, ८ बैशाख । सत्ता साझेदार दलहरुले संयुक्त रुपमा सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो । संयुक्त चुनावी सभा आगामी बैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशको राजधानीमा हुनेछ । सातै प्रदेशमा […]