नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६ जनाको मृत्यु भएको हो । एक हजार १४६ जनामा ती रोगको सङ्क्रमण भेटिएका छन् । गत माघदेखि आजसम्मको तथ्याङ्कबारे…