धादिङ। धादिङमा डेंगीका कारण एक जना बृद्धको मृत्यु भएको छ । पेट दुख्ने र बान्ता हुने समस्याले धादिङ अस्पतालमा भर्ना भएका ज्वामूखी गाउँपालिका वडा नम्बर ७ निवासी ७५ वर्षीया राममायाँ छत्कुलीको डैंगी पुष्टि भएपछि मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी रामचन्द्र रिजालले जानकारी दिए। साउन २६ गते भर्ना भएर डेंगी समेतको उपचार गराइरहेका छत्कुलीको दिसामा […]