चितवन : चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ।
तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ। तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको