काठमाण्डौ – पर्साकाे वीरगञ्ज महानगरपालिका ३२ रामवनमा निर्माण गरिने प्राणी उद्यान सदर चिडियाखानाकाे आज बिहीवार शिलान्यास गरिएकाे छ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले चिडियाखानाकाे शिलान्यास गर्नुभयाे ।
शिलान्यास कार्यक्रममा बाेल्दै मन्त्री यादवले वीरगञ्जमा पर्यटकीय स्थल नभएको र अब निर्माण गरिन लागिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले समृद्धि र विकास ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, पर्सामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि र यहाँको समृद्धिसहित विकासका लागि पर्सा प्राणी उद्यान चिडियाखाना स्थापना ग...