भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा लागू गरिएको तीन नयाँ कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् ।
शुक्रवार देशलाई सम्बोधन गर्दै उनले आफ्नो तपस्यामा कमी भएको हुन सक्ने बताए । नोभेम्बर महिनाको अन्त्यमा आरम्भ हुन लागेको संसद् सत्रमा तीनैवटा कृषि कानून फिर्ता लिने संवैधानिक प्रक्रिया शुरू गर्ने मोदीले बताए ।
आफूहरूले कृषकको हितकै लागि काम गरेको मोदीको भनाइ छ । सबैजनाका लागि मेहनतमा कुनै कमी नरहेको र किसानहरूको सपना साकार पार्नका लागि थप मेहनत गर्ने उनले बताए । किसानहरूलाई घर फर्किन र खेतमा काम गर्न...