एकीकृत जलस्रोत ऐन पारित भएपछि नेपालको समृद्धिको सपना साकार हुन्छ

र्जा तथा जलस्रोत मन्त्रालयका सचिव मधुसुदन अधिकारीले एकीकृत जलस्रोत ऐन पारित भएपछि नेपालको समृद्धिको सपना साकार पार्न सकिने धारणा राख्नुभएको छ ।फ्रेन्डसिप फोरम फर नेपालीज जर्नालिष्टको बिहीबार काठमाडौं आयोजना गरेको ‘दक्षिण एसियाको जलस्रोत र नेपालको दृष्टि’ विषयक अन्र्तक्रिया कार्यक्रममा उहाँले उक्त भनाइ राख्नुभएको हो । ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानको लागि नेपालमा रहेका अपार जलस्रोतलाई एकीकृत रुपमा प्रयोग गर्न सकेमात्र बहुउपयोगी हुने उहाँले धारणा राख्नुभयो ।