स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी सञ्चालनमा

नेपालकी नम्बर एक महिला टेनिस खेलाडी नविता श्रेष्ठले सोमबार स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी सञ्चालनमा ल्याउनुभएको छ । काठमाडौंको खुसिबँुस्थित पलेस्वाँ मार्गमा टेबल टेनिस ‘टेटे’ एकेडेमी सञ्चालनमा आएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सो टेटे एकेडेमीको उद्घाटन गर्नभयो । एकेडेमीमा हाल छ वटा टेबल टेनिस बोर्ड रहेको छ । तीन सत्रमा प्रशिक्षणको समय मिलाइएको सो एकेडेमीमा राकेश महर्जन प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको छ । यसैगरी, आठ पटककी नेपाल च्याम्पिययन नविता र एलिना महर्जनले पनि प्रशिक्षण दिनुहुनेछ । नविताले धेरै अघिदेखि एकेडेमी संचालन गर्ने सोच रहेको र त्यसलाई परिवारको सहयोग तथा साथले आप्mनो सपना साकार भएको बताउनुभयो । ‘१३ औं दक्षिण एसियाली खेलकुदपछि प्रशिक्षकको क्यारियरलाई अघि बढाउने सोच बनाएकी थिएँ, त्यसैलाई यथार्थता प्रदान गर्न एकेडेमी स्थापना गरेका हौँ’ उहाँले भन्नुभयो । नविताले विभिन्न देशमा जाँदा त्यहाँको एकेडेमी र टेबल टेनिसको विकासले आफूलाई यस क्षेत्रमा अघि बढ्ने प्रेरणा प्रदान गरेको भनाइ पनि राख्नुभयो ।

सम्बन्धित सामग्री

१३औँ साफको ब्याडमिण्टनको प्रतियोगिता इटहरीमा

सुनसरी : राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले तेह्रौ साफ खेलकुद प्रतियोगिता विकेन्द्रीकरण गरेर गर्ने बताएका छन्। इटहरी रंगशाला परिषरमा निर्माण हुन लागेको टेबल टेनिस एकेडेमी भवनको शिलान्यास कार्यक्रममा बोल्दै विष्टले केन्द्रिकृत रुपमा नभएर देशमा प्रमुख शहरमा साफ गेमका विभिन्न प्रतियोगिता आयोजना गर्ने जानकारी दिएक...