अर्बौंको आयातमा सुक्दो निर्यात

अर्बौंको आयात भइरहेको अवस्थामा आयात कम गरी निर्यात बढाउनका लागि उत्पादनमा जोड दिन सरकारको स्पष्ट नीति र योजना नै चाहिन्छ । कृषिप्रधान देश नेपालले एक महिनामै पाँच अर्ब रुपियाँको चामल आयात गरेको देखिन्छ । नेपालको वैदेशिक व्यापारको प्रवृत्ति नेपालको पक्षमा लाभ हुने गरी वर्षौं देखा नपर्नु सोचनीय अवस्था रहेको छ । सन् १९५२ पछि विश्व व्यापारमा वृद्धि भएको पाइन्छ । दोस्रो विश्वयुद्धमा व्यापार राम्रोसँग फस्टाउन पाएन । आ.व. २०४६/४७ मा वस्तु व्यापारको कुल गार्हस्थ्य उत्पादनको अनुपात २२.७ प्रतिशत रहेकोमा आ.व. २०७५÷७६ मा उक्त सङ्ख्या बढेर ४३.८ प्रतिशत पुगेको थियो तर वस्तु व्यापार घाटाको आकार बढ्दै गए पनि आन्तरिक र पुँजीगत वस्तुको आयात झन्डै ८० प्रतिशत रहनु सकारात्मक पक्ष रहेको बताइँदै आइएको छ । समग्रमा व्यापार घाटा क्रमशः बढ्दै गएको सन्दर्भमा संरचनामा सुधार गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गरी आन्तरिक उत्पादन वृद्धि गर्दै बढ्दो व्यापार असन्तुलनलाई नियन्त्रण गर्न जरुरी देखिन्छ । वि.सं. २०३० को दशकमा नेपालको वस्तु निर्यात जीडीपीको ५.४ प्रतिशतको अनुपात रहेकोमा वि.सं. २०६० को दशकदेखि घट्दै आ.व. २०७५/७६ मा आइपुग्दा २.८ प्रतिशत कायम हुनुले नेपालको वैदेशिक व्यापारको प्रवृत्ति घट्दो क्रमशः देखाउँछ । यो चिन्ताको विषय हो । त्यस्तै आयात वर्ष २०३९/४० मा आयाततर्फ जीडीपीको १८.७ प्रतिशत र वि.सं. २०३० को दशकमा औसतमा १३.९ प्रतिशत रहेको थियो । बीचका वर्षहरूमा आयातमा केही प्रतिशत तल–माथि भए तापनि २०७५/७६ सम्म आइपुग्दा आयातमा उल्लेख्य वृद्धि भई करिब ४०.९ प्रतिशत पुगेको छ । प्रमुख निर्यात भएका वस्तुहरूमा वनस्पति घिउ, जुट र जुटका सामान, पश्मिना, तामाको तार, अदुवा, अलैँची, धागो, आयुर्वेदिक, औषधि लगायतका वस्तुहरू भारतर्फ निर्यात भएका थिए ।

सम्बन्धित सामग्री

नाकामा पटक-पटक चिनियाँ अवरोध : सहज बनाउन के पहल गर्दैछ सरकार ?

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा तातोपानी र रसुवागढी नाकाबाट चीनतर्फको निर्यात शून्य छ । यही समयमा तातोपानी नाकाबाट १ अर्ब १८ करोड रुपैयाँ र रसुवागढी नाकाबाट २ अर्ब ४२ करोड रुपैयाँको आयात भएको छ ।  यस्तै, गत आर्थिक वर्ष २०७८/७९ मा समेत नेपालबाट चीनतर्फको निर्यात शून्य थियो । सोही अवधिमा तातोपानी नाकाबाट १४ अर्ब २ करोड र रसुवा नाकाबाट २४ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो । गत वर्ष अर्बौंको आयात भएपनि चिनियाँ पक्षले पटक–पटक यी नाकामा अवरोध खडा गर्यो ।नेपालबाट चीनतर्फको निर्

अर्बौंको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ: मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन्।...

अर्बौंको लगानी जोखिममा पर्ने भन्दै वायर उद्योगीले गराए सरकारको ध्यानाकर्षण

नेपाल सरकारका विगतका नीतिगत व्यवस्था र भारतको पछिल्लो नीतिबाट अत्यन्त प्रभावित वायर, रड उद्योगहरूले सरकारले ल्याएको २०७९/८० को बजेटमा उद्योगहरुको संरक्षण विपरितका नीति अवलम्बन गरेकोमा उद्योगीहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।आर्थिक बर्ष २०७९/८० को बजेट जारी हुनुअगावै विभिन्न संघ–संस्थाहरु मार्फत र स्वयं वायर रड उद्योगहरूबाट नेपाल सरकार लगायत सम्बन्धित निकायहरूलाई भारतको २२ मे, २०२२ को नीतिबाट उद्योगहरुलाई कच्चा पदार्थ आयातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको जानकारी गराई त्

विराटनगर जुटमिल : अर्बौंको सम्पत्ति बेवारिस

विक्रम संम्बत् १९९३ सालमा विराटनगर जुट मिल स्थापना भएपछि मुलुकमा औद्योगिक गतिविधि सुरु भएर निर्यात व्यापारको ढोका खुलेको इतिहास छ । यही जुट मिल प्रजातन्त्र प्राप्तिका लागि सुरुवाती आन्दोलन गर्ने थलोको रुपमा पनि चिनिन्छ । मुलुकमा प्रजातन्त्र आयो तर त्यसयता मिलले आफ्नो अस्तित्व नै गुमायो । यो मिलका अर्बौंको सम्पत्ति अहिले बेवारिस अवस्थामा छन् ।

अर्बौंको अदुवा उत्पादन

नेपालमा वार्षिक रू. १० अर्बभन्दा बढीको अदुवा उत्पादन हुने गर्छ । त्यसमध्ये ४० करोडको मात्र निर्यात हुन्छ । यो परिमाणलाई आधार मानेर हेर्दा नेपालमा अदुवाको उपभोग निकै हुने अनुमान सहजै गर्न सकिन्छ । तरकारी र अचारमा मसलाको रूपमा बढी प्रयोग हुने अदुवा आयुर्वेदिक औषधिहरूका साथै क्यान्डी र शृंगारका प्रशाधनमा समेत प्रयोग हुन्छ । कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६५/६६मा १ लाख ७८ हजार ९ सय ८८ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारको थोक मूल्य एक किलोको रू ६० का दरले हिसाब गर्दा उक्त अवधिमा १० अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बराबरको अदुवा उत्पादन भएको देखिन्छ । त्यसमध्ये २६ हजार ७ सय २३ मेटन भारत र २ सय १५ किलो अमेरिका निर्यात भएको र भन्सार मूल्य करिब रू. ४० करोड देखाइएको छ । नेपालमा विशेषगरी पहाडी भूभागमा धेरै पहिलेदेखि नै नगदेबालीका रूपमा अदुवा खेती हुँदै आएको छ । आव २०६५/६६ मा १५ हजार ८ सय ३८ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । मन्त्रालयका अनुसार अदुवा सबैभन्दा बढी उत्पादन गर्ने विकास क्षेत्र पूर्वाञ्चल हो । वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३

एमएस वायर रडमा अन्तशुल्क बढ्दा अर्बौंको लगानी प्रभावित, निकासी १ अर्बमा खुम्चियो

विराटनगर। कुनैबेला जिआई वायर उत्पादन तथा निर्यातको 'हब' मानिने मोरङ सुनसरी औद्योगिक क्षेत्रको निर्यात सुस्ताएको छ। तत्कालीन अर्थमन्त्री युवराज

‘आत्मनिर्भर उद्योगलाई समाप्त पार्ने षड्यन्त्र’

आत्मनिर्भर भइरहेको सिमेन्ट उद्योगलाई सरकारले धराशायी बनाउन लागेको सिमेन्ट उद्योगीहरूले आरोप लगाएका छन् । देशलाई आत्मनिर्भर बनाई अर्बौंको आयात प्रतिस्थापन गर्न सफल भएको सिमेन्ट उद्योगले निकट भविष्यमा नै अर्बौंको सिमेन्ट निर्यात गरी व्यापार घाटामा उल्लेख्य कमी ल्याउन सक्षम भइसकेको बेला उद्योगमाथि ठूलो आघात परेको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ । यस्ता क्रियाकलापले समग्र उद्योग […]

तेल निर्यातमा फेरि समस्या

नेपालबाट हुने निर्यातमा प्रमुख योगदान दिने पाम तथा भटमासको तेल निर्यात फेरि रोकिने सम्भावना देखिएको छ । भारतले तेस्रो देशबाट यी तेलको आयातमा लगाउँदै आएको उच्च करको दरमा संशोधन गरेकाले नेपालबाट निर्यात गर्न कठिन हुने देखिएको हो । भन्सार दरको अन्तरबाट फाइदा लिएर नेपाली उत्पादकहरूले तेस्रो मुलुकबाट पाम र भटमासको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएका छन् । अब भारतले तेस्रो मुलुकबाट हुने आयातमा भन्सार शुल्क कम गरेपछि तेस्रो मुलुकबाट सिधै भारत निर्यात हुने भएकाले नेपाली उत्पादनले भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएको हो । यस्तो अवस्था कुनै पनि वेला आउँछ भन्ने करीबकरीब थाहा थियो तर सरकारी अधिकारीहरू यस्तो निर्यातमा मख्ख परेर निर्यात वृद्धिको आँकडा देखाउँदै थिए । यसबाट नेपालले निर्यात वृद्धिका लागि आफ्नै क्षमताका वस्तुको उत्पादन वृद्धि गर्ने रणनीति बनाउनुपर्ने कुरालाई पुष्टि गरेको छ । अवसरको फाइदा उठाउनु व्यापारिक हिसाबले उपयुक्त नै भए पनि दिगो निर्यातका लागि भने क्षणिक निर्यात अनुपयुक्त नै हो । भारतमा खाने तेलको मूल्य उच्च वृद्धि भएपछि त्यहाँको सरकारले भन्सार शुल्कमा पुनरवलोकन गरेको थियो । सबै खालका प्रशोधित तेलको आयातमा १९ दशमलव २५ प्रतिशत कर लाग्ने भएको छ । यसअघि यो शुल्क ३५ देखि ४० प्रतिशतसम्म थियो । यसरी कर घटाएपछि नेपालबाट भारतमा यी तेल निर्यात गर्दा व्यवसायीलाई फाइदा हुँदैन । साफ्टा सुविधामा नेपालले भन्सारमा पाएको छूटका कारण यी तेलको निर्यातमा नेपाली व्यवसायीले राम्रो मुनाफा आर्जन गरेका थिए । तोरीको तेल उत्पादन गर्ने मिलहरूले तोरीको तेल छाडेर पाम र भटमासको तेल प्रशोधन गरी निर्यात गर्न थालेका थिए भने नयाँ प्रशोधन उद्योगसमेत खुलेका थिए । अहिले व्यापारीहरूले अर्बौं रुपैयाँको पाम र भटमास खरीदका लागि एलसी खोलेको अवस्था छ भने तोरी मिलहरूमा पनि अर्बौंको तेल स्टकमा रहेको व्यवसायीको भनाइ छ । भारत निकासी भएन भने यो तेल के गर्ने भन्ने चिन्ता व्यवसायीलाई रहेको पाइन्छ । अवसरको फाइदा उठाउनु व्यापारिक हिसाबले उपयुक्त नै भए पनि दिगो निर्यातका लागि भने क्षणिक निर्यात अनुपयुक्त नै हो । एक त नेपालले पाएको भन्सार छूटको यो दुरुपयोग थियो भने अर्को कुनै पनि वेला भारतले प्रतिबन्ध लगाउने अथवा निर्यातमा असर पार्ने सम्भावना थियो । नेपालमा व्यापारघाटा चुलिँदो छ । निर्यात व्यापार उकालो लाग्न सकेको छैन । विगतका आँकडाहरू केलाउने हो भने यो घट्दो क्रममा नै छ भन्न सकिन्छ । पाम र भटमासको तेलको निर्यात कुल निर्यातको झन्डै ८० प्रतिशत अंश रहेको थियो । तर, अन्य वस्तुको निर्यात भने ओरालो लागेको थियो । नेपालबाट वस्तु निर्यात हुने देश, वस्तुका प्रकार, तिनको परिमाण तथा मूल्यसमेत हेर्दा नेपालको निर्यात रणनीति असफल भएको देखिन्छ । आयात उच्च रूपमा बढिरहेको अवस्थामा निर्यात बढाउन नसक्दा विदेशी विनिमय सञ्चितिमा असर परिसकेको छ र सरकारले यसमा थप दबाब नपरोस् भनेर विदेशी मुद्रा सटहीमा कडा गर्न थालिसकेको छ । यस्तो कडाइले अर्थतन्त्र थप समस्यामा पर्ने देखिन्छ । त्यसैले निर्यात वृद्धिका लागि नयाँ रणनीति आवश्यक छ । सरकारले निर्यात प्रोत्साहनका लागि नगद अनुदानको व्यवस्था नगरेको होइन । तर, सरकारी संयन्त्रमा समन्वयको कमी तथा प्रक्रियागत झन्झटका कारण यस्तो अनुदान पाउन व्यवसायीहरूलाई निकै हम्मेहम्मे परिरहेको छ । त्यस्तै कच्चा पदार्थ र तयारी मालवस्तुमा लाग्ने करको अन्तरमा व्यवसायीहरूले बारम्बार आवाज उठाए पनि त्यसको सुनुवाइ भएको छैन । उत्पादन लागत, ढुवानी भाडा आदि सस्तो बनाउन सरकारले थुप्रै नीतिगत व्यवस्था गर्न सक्छ । त्यो पनि हुन सकेको छैन । सरकारले निर्यातयोग्य वस्तुको सूची बनाएर त्यसअनुसार एकीकृत रणनीति बनाएको भए पनि त्यो प्रभावकारी देखिएको छैन । त्यसैले उत्पादन बढाउन, लागत घटाउन, बजारको खोजी गर्न तथा अन्य समस्या सम्बोधन गर्न सरकार चुक्दै जाने हो भने निर्यात झनै घट्दै जाने देखिन्छ । अतः उपयुक्त, व्यावहारिक र समयसापेक्ष रणनीति बनाई कार्यान्वयन गर्नुको विकल्प देखिँदैन ।

सुदूरपश्चिममा आयातको तुलनामा नगन्य निर्यात

सुदूरपश्चिममा आयातको तुलनामा निर्यात नगन्य मात्रामा हुने गरेको भन्सारको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा सबै भन्दा बढी आयात निर्यात हुने धनगढीको त्रिनगर नाकाबाट वर्षेनी अर्बौंको आयात भएपनि निर्यात एक अर्बको पनि हुँदैन । त्रिनगर नाकामा रहेको कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांकले हालसम्म गत आर्थिक वर्षमा सबै भन्दा बढी आयात निर्यायत भएको थियो । सो वर्ष २१ अर्ब ५० करोडको आयात र ८२ करोडमा निर्यात भएको छ । भन्सारका सूचना अधिकारी दिल्लुप्रसाद शर्माले सो वर्ष २० अर्ब ६८ करोड रुपैयाँ त्रिनगर नाकाबाट व्यापार घाटा भएको बताए ।

https://www.onlinekhabar.com/2020/01/827260

२४ पुस, काठमाडौं । पछिल्लो समय नेपालको प्रमुख निर्यातजन्य वस्तुका रुपमा रहेको प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएको छ । यसले नेपाली व्यवसायीको अर्बौंको लगानी जोखिममा परेको छ । पाम तेल निर्यात बन्द हुँदा अर्थतन्त्रमै गम्भीर …