सुदूरपश्चिममा आयातको तुलनामा निर्यात नगन्य मात्रामा हुने गरेको भन्सारको तथ्यांकले देखाएको छ ।
सुदूरपश्चिममा सबै भन्दा बढी आयात निर्यात हुने धनगढीको त्रिनगर नाकाबाट वर्षेनी अर्बौंको आयात भएपनि निर्यात एक अर्बको पनि हुँदैन । त्रिनगर नाकामा रहेको कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांकले हालसम्म गत आर्थिक वर्षमा सबै भन्दा बढी आयात निर्यायत भएको थियो । सो वर्ष २१ अर्ब ५० करोडको आयात र ८२ करोडमा निर्यात भएको छ । भन्सारका सूचना अधिकारी दिल्लुप्रसाद शर्माले सो वर्ष २० अर्ब ६८ करोड रुपैयाँ त्रिनगर नाकाबाट व्यापार घाटा भएको बताए ।