अर्बौंको अदुवा उत्पादन

नेपालमा वार्षिक रू. १० अर्बभन्दा बढीको अदुवा उत्पादन हुने गर्छ । त्यसमध्ये ४० करोडको मात्र निर्यात हुन्छ । यो परिमाणलाई आधार मानेर हेर्दा नेपालमा अदुवाको उपभोग निकै हुने अनुमान सहजै गर्न सकिन्छ । तरकारी र अचारमा मसलाको रूपमा बढी प्रयोग हुने अदुवा आयुर्वेदिक औषधिहरूका साथै क्यान्डी र शृंगारका प्रशाधनमा समेत प्रयोग हुन्छ । कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६५/६६मा १ लाख ७८ हजार ९ सय ८८ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारको थोक मूल्य एक किलोको रू ६० का दरले हिसाब गर्दा उक्त अवधिमा १० अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बराबरको अदुवा उत्पादन भएको देखिन्छ । त्यसमध्ये २६ हजार ७ सय २३ मेटन भारत र २ सय १५ किलो अमेरिका निर्यात भएको र भन्सार मूल्य करिब रू. ४० करोड देखाइएको छ । नेपालमा विशेषगरी पहाडी भूभागमा धेरै पहिलेदेखि नै नगदेबालीका रूपमा अदुवा खेती हुँदै आएको छ । आव २०६५/६६ मा १५ हजार ८ सय ३८ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । मन्त्रालयका अनुसार अदुवा सबैभन्दा बढी उत्पादन गर्ने विकास क्षेत्र पूर्वाञ्चल हो । वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३

सम्बन्धित सामग्री

उदयपुरका किसानले छाडे अदुवाखेती

२ फागुन, उदयपुर । जिल्लाको पश्चिमी पहाडी क्षेत्र, मध्य र पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको व्यावसायिक अदुवा उत्पादन हाल आएर घट्दै गइरहेको छ । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको कटारी नगरपालिकाको सिरीसे, हर्देनी मयङखु, बेतिनी, घुर्मी, सोरुङछबीसे, कटारी, सोमबारे रिस्कु क्षेत्रसहित उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, बर्रे, तावाश्री क्षेत्रमा लामो समयदेखि व्यापकरुपमा उत्पादन हुने गरेको भए […]

उदयपुरमा अदुवा उत्पादन घट्दै

उदयपुर– जिल्लाको पश्चिमी पहाडी क्षेत्र, मध्य र पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको व्यावसायिक अदुवा उत्पादन हाल आएर घट्दै गइरहेको छ । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको कटारी नगरपालिकाको सिरीसे, हर्देनी मयङखु, बेतिनी, घुर्मी, सोरुङछबीसे, कटारी, सोमबारे रिस्कु क्षेत्रसहित उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, बर्रे, तावाश्री क्षेत्रमा लामो समयदेखि व्यापकरूपमा उत्पादन हुने गरेको भए पनि कृषकले उचित […]

चालिस करोडको अदुवा उत्पादन

अदुवाको मूल्यवृद्धि भएपछि नवलपरासीमा व्यावसायिक रूपमा अदुवा खेती गर्ने किसान खुसी भएका छन्। बुलिङटारका अदुवा कृषक रूपबहादुर थापामगरले यो जिल्लाबाट गत वर्ष ३० करोड रुपियाँभन्दा बढीको अदुवा बिक्री भएकामा यो वर्ष उत्पादन राम्रो भएकाले ४० करोड रुपियाँभन्दा बढीको अदुवा बिक्री गर्ने बताउनुभयो । पहाडी गाउँपालिका बुलिङटार र बौदीकाली व्यावसायिक रूपमा अदुवा खेती गर्ने पालिकाका रूपमा रहेका छन् । गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट र विनयीत्रिवेणीका धेरै जसो वडामा व्यावसायिक रूपमा अदुवा खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

६ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री

गाउँपालिकाभित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुरी रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।

इलामका किसानले अदुवाको उचित मूल्य पाएनन्

इलाम । इलाम अत्याधिक अदुवा उत्पादन हुने जिल्लाको रुपमा चिनिन्छ । किसानले उत्पादन गरेको अदुवा भारत र झापा बढी निर्यात हुने गरेको छ । किसानहरुले भने उत्पादन भए पनि व्यापारीबाट उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । किसानले उत्पादन गरेको अदुवालगायतका कृषिउपजको मूल्य तोकेर बजारीकरण गरीदिन माग गर्दै आएका छन् । किसानले प्रति घर […]

ओखलढुंगामा अदुवाको उत्पादनमा वृद्धि

ओखलढुंगा । ओखलढुंगामा यस वर्ष १ हजार १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लामा यो वर्ष अदुवा उत्पादनमा वृद्धि भएको जनाएको छ । यसवर्ष जिल्लामा ८० हेक्टर क्षेत्रमा अदुवा खेती गरिएको थियो । अघिल्लो वर्षभन्दा यसवर्ष १० मेट्रिक टन मात्रै बढी अदुवा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लाको […]

उदयपुरका किसान भन्छन्- अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

उदयपुर। उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । जिल्लाको कटारी नगरपालिका-१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरुले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्छन् । 'यस क्षेत्रका अन्य अदुवा उत्पादक किसानले लामो समयदेखि व्यावसायिक अदुवाखेती गर्दै आएका छौँ, तर अहिलेसम्म पनि अदुवाले उचित मूल्य पाउन सकिएको छैन', उनले भने ।कटारी-९ बेतिनीका कृषक खेमबहादुर राउतका अनुसार अहिले पनि आफूहरुले उत्पादन गरेको अदुवाको मूल्य खरिदकर्ता वा विचौलियाले प्रतिकिलो ५० देखि ६० रुपैयाँ भन्दाबढी मूल्य निर्धारण नगरेका कारण आफूहरु बर्सेनि मारमा पर्दै आएको बताउँछन् । जिल्लाको ताप्ली गाउँपालिका–५ रुपाटारका कृषक देवराज खड्काले अधिकांश अदुवा खरिदकर्ता तथा विचौलियाले कृषकको अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण उचित मूल्य पाउन नसकिएको हो । मङ्सिर तथा पुसमै अदुवा खरिदकर्ता विचौलिया गाउँगाउँ प्रवेश गरेर अदुवाको मूल्य प्रतिकिलो  ४० देखि ५० रुपैयाँ सम्ममै खरिद गर्न थालेपछि किसानहरुले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । त्रियुगा नगरपालिका-१४ साउनेका अदुवा उत्पादक कृषक शेरबहादुर समाल मगरले भने, 'जिल्लाका अदुवा खरिदकर्ताले नै शुरुमा अदुवाको मूल्य निर्धारण गरिदिन्छन्, त्यसपछि थप मूल्यमा विक्री गर्न गाह्रो हुन्छ ।' उनका अनुसार यसरी सस्तो मूल्यमा आफूहरुले खरिद गरी महङ्गो मूल्यमा बाहिरका व्यापारीलाई विक्री गर्दै आएका छन् । जिल्लामा उत्पादित अदुवा गाईघाट कटारी क्षेत्रसहित सिरहा, लहान तथा मिर्चैयाका व्यापारीहरुले अदुवाको मूल्य निर्धारण गर्ने गरेको र उनीहरुले आफ्नो महँगो मूल्यमा विराटनगर, वीरगञ्ज, जनकपुरका व्यापारीलाई बिक्री गर्ने जिल्लाका अधिकांश अदुवा उत्पादक किसानहरुको गुनासो छ । कटारी नगरपालिका–३ रिस्कुका एक अदुवा उत्पादक किसान ललित दनुवारले भने,  'अदुवाखेतीका लागि बैंकबाट लाखौँ रकम ऋण लिन्छौँ, तर उत्पादित अदुवाले उचित मूल्य पाउन नसक्दा ऋण तिर्नसमेत हम्मेहम्मे हुने गरेको छ ।' जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको कटारी नगरपालिका क्षेत्रको सिरिसे, हर्देनी, बेतिनी, मयङ्खु, सोरुङछबिसे, घुर्मी, सोमबारे, रिस्कु क्षेत्रसहित ताप्ली गाउँपालिकाको रुपाटार, ठानागाउँ, ओख्ले र मादले क्षेत्र अदुवा पाकेट क्षेत्र मानिन्छन् । उदयपुरगढी गाउँपालिकाको भलायडाँडा, तावाश्री, दनुवारबेँसी क्षेत्र पनि अदुवा उत्पादन हुने पकेट क्षेत्रका रुपमा रहेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु, चिलाउने र चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरसहितका क्षेत्र जिल्लाको अदुवा पाकेट क्षेत्रका रुपमा रहेको जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताए । उनका जिल्लामा हाल पाँच सय ८८ हेक्टर क्षेत्रफलमा अदुवाखेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा जिल्लामा १२ हजार तीन सय ३१ मेट्रिक टन अदुवा उत्पादन भएको उनको भनाइ छ ।  जिल्लामा उत्पादन हुने अधिकांश अदुवा खरिदकर्ताले पूर्वको विराटनगर, वीरगञ्ज हुँदै भारतर्फ पैठारी हुने गरेको व्यापारी बताउँछन् । किसानहरु अदुवाको मूल्य प्रतिकिलो  ८० देखि एक सय रुपैयाँ बताउँदै आएका छन् ।  - रासस

उखु, बेसार र अदुवा उत्पादन गर्दै सहकारी

काठमाडौँ,१४ पुष । बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ । यस वर्षको उखु प्रतिकेजी […]

बजार नपाउँदा अदुवाखेतीबाट विमुख हुँदै सल्यानी किसान

सल्यान : नगदेबालीको रुपमा रहेको अदुवाको उत्पादन घट्दै जान थालेको छ।सल्यान बोसे जातको अदुवाले समेत परिचित रहेको छ तर उचित मूल्य नपाउँदा तथा समयमै बिक्री नहुँदा कृषकहरू अदुवा खेतीबाट विमुख हुँदै जान थालेका छन्। त्यसमाथि जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा पनि व्यावसायिक अदुवा खेती गर्ने किसानलाई बाली लगाउन छाड्नुपर्ने बाध्यता छ।किसान प्रतिकिलो २० देखि २५ रूपैयाँसम्ममा अदुवा बिक्री गर्न बाध्य भएका छन्। यस वर्ष २० क्विन्टल अदुवा उत्पादन गरे पनि भनेजस्तो मूल्य नपाएको शारदा नगरपालिका-

अदुवा भन्दा पिँडालु महङ्गो

दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पालन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन । वीपी नगर र कैलालीको धनगढी, अत्तरियालगायतका  बजारमा  बिक्री भइरहेको छ ।बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिकाका किसान सधैँभरी