तेल निर्यातमा फेरि समस्या

नेपालबाट हुने निर्यातमा प्रमुख योगदान दिने पाम तथा भटमासको तेल निर्यात फेरि रोकिने सम्भावना देखिएको छ । भारतले तेस्रो देशबाट यी तेलको आयातमा लगाउँदै आएको उच्च करको दरमा संशोधन गरेकाले नेपालबाट निर्यात गर्न कठिन हुने देखिएको हो । भन्सार दरको अन्तरबाट फाइदा लिएर नेपाली उत्पादकहरूले तेस्रो मुलुकबाट पाम र भटमासको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएका छन् । अब भारतले तेस्रो मुलुकबाट हुने आयातमा भन्सार शुल्क कम गरेपछि तेस्रो मुलुकबाट सिधै भारत निर्यात हुने भएकाले नेपाली उत्पादनले भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएको हो । यस्तो अवस्था कुनै पनि वेला आउँछ भन्ने करीबकरीब थाहा थियो तर सरकारी अधिकारीहरू यस्तो निर्यातमा मख्ख परेर निर्यात वृद्धिको आँकडा देखाउँदै थिए । यसबाट नेपालले निर्यात वृद्धिका लागि आफ्नै क्षमताका वस्तुको उत्पादन वृद्धि गर्ने रणनीति बनाउनुपर्ने कुरालाई पुष्टि गरेको छ । अवसरको फाइदा उठाउनु व्यापारिक हिसाबले उपयुक्त नै भए पनि दिगो निर्यातका लागि भने क्षणिक निर्यात अनुपयुक्त नै हो । भारतमा खाने तेलको मूल्य उच्च वृद्धि भएपछि त्यहाँको सरकारले भन्सार शुल्कमा पुनरवलोकन गरेको थियो । सबै खालका प्रशोधित तेलको आयातमा १९ दशमलव २५ प्रतिशत कर लाग्ने भएको छ । यसअघि यो शुल्क ३५ देखि ४० प्रतिशतसम्म थियो । यसरी कर घटाएपछि नेपालबाट भारतमा यी तेल निर्यात गर्दा व्यवसायीलाई फाइदा हुँदैन । साफ्टा सुविधामा नेपालले भन्सारमा पाएको छूटका कारण यी तेलको निर्यातमा नेपाली व्यवसायीले राम्रो मुनाफा आर्जन गरेका थिए । तोरीको तेल उत्पादन गर्ने मिलहरूले तोरीको तेल छाडेर पाम र भटमासको तेल प्रशोधन गरी निर्यात गर्न थालेका थिए भने नयाँ प्रशोधन उद्योगसमेत खुलेका थिए । अहिले व्यापारीहरूले अर्बौं रुपैयाँको पाम र भटमास खरीदका लागि एलसी खोलेको अवस्था छ भने तोरी मिलहरूमा पनि अर्बौंको तेल स्टकमा रहेको व्यवसायीको भनाइ छ । भारत निकासी भएन भने यो तेल के गर्ने भन्ने चिन्ता व्यवसायीलाई रहेको पाइन्छ । अवसरको फाइदा उठाउनु व्यापारिक हिसाबले उपयुक्त नै भए पनि दिगो निर्यातका लागि भने क्षणिक निर्यात अनुपयुक्त नै हो । एक त नेपालले पाएको भन्सार छूटको यो दुरुपयोग थियो भने अर्को कुनै पनि वेला भारतले प्रतिबन्ध लगाउने अथवा निर्यातमा असर पार्ने सम्भावना थियो । नेपालमा व्यापारघाटा चुलिँदो छ । निर्यात व्यापार उकालो लाग्न सकेको छैन । विगतका आँकडाहरू केलाउने हो भने यो घट्दो क्रममा नै छ भन्न सकिन्छ । पाम र भटमासको तेलको निर्यात कुल निर्यातको झन्डै ८० प्रतिशत अंश रहेको थियो । तर, अन्य वस्तुको निर्यात भने ओरालो लागेको थियो । नेपालबाट वस्तु निर्यात हुने देश, वस्तुका प्रकार, तिनको परिमाण तथा मूल्यसमेत हेर्दा नेपालको निर्यात रणनीति असफल भएको देखिन्छ । आयात उच्च रूपमा बढिरहेको अवस्थामा निर्यात बढाउन नसक्दा विदेशी विनिमय सञ्चितिमा असर परिसकेको छ र सरकारले यसमा थप दबाब नपरोस् भनेर विदेशी मुद्रा सटहीमा कडा गर्न थालिसकेको छ । यस्तो कडाइले अर्थतन्त्र थप समस्यामा पर्ने देखिन्छ । त्यसैले निर्यात वृद्धिका लागि नयाँ रणनीति आवश्यक छ । सरकारले निर्यात प्रोत्साहनका लागि नगद अनुदानको व्यवस्था नगरेको होइन । तर, सरकारी संयन्त्रमा समन्वयको कमी तथा प्रक्रियागत झन्झटका कारण यस्तो अनुदान पाउन व्यवसायीहरूलाई निकै हम्मेहम्मे परिरहेको छ । त्यस्तै कच्चा पदार्थ र तयारी मालवस्तुमा लाग्ने करको अन्तरमा व्यवसायीहरूले बारम्बार आवाज उठाए पनि त्यसको सुनुवाइ भएको छैन । उत्पादन लागत, ढुवानी भाडा आदि सस्तो बनाउन सरकारले थुप्रै नीतिगत व्यवस्था गर्न सक्छ । त्यो पनि हुन सकेको छैन । सरकारले निर्यातयोग्य वस्तुको सूची बनाएर त्यसअनुसार एकीकृत रणनीति बनाएको भए पनि त्यो प्रभावकारी देखिएको छैन । त्यसैले उत्पादन बढाउन, लागत घटाउन, बजारको खोजी गर्न तथा अन्य समस्या सम्बोधन गर्न सरकार चुक्दै जाने हो भने निर्यात झनै घट्दै जाने देखिन्छ । अतः उपयुक्त, व्यावहारिक र समयसापेक्ष रणनीति बनाई कार्यान्वयन गर्नुको विकल्प देखिँदैन ।

सम्बन्धित सामग्री

सुन्तला सूचीकृत नहुँदा भारत निर्यातमा समस्या

धरान । भारत सरकारसँगको व्यापार सम्झौतामा सुन्तला सूचीकृत नहुँदा अहिले नेपालबाट भारतमा सुन्तला निर्यात हुन सकेको छैन । नेपालबाट निर्यात हुने वस्तुमा नेपाली सुन्तला सूचीकृत नभएकाले भारतमा निर्यात प्रतिबन्धित छ । पूर्वी पहाडमा उत्पादित सुन्तला पूर्वकै बजारमा खपत हुँदै आएको छ । बजारको अभाव छैन । तर भारत निर्यात गर्न सके बढी मूल्य पाइने कृषकको भनाइ छ । निर्यातको सम्भावना भए पनि सरकार तथा व्यवसायीले समेत भारतीय बजारमा सुन्तला निर्यातमा चासो नदिएको धरानस्थित कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । विराटनगर र काँकडभिट्टा भन्सारले थोरै परिमाणमा लैजाने सुन्तलामा पनि कडाइ गर्दै आएको छ । भण्टाबारी नाकाबाट लुकीचोरी स्थानीय खुद्रा पसलेले लैजाने गरे तापनि व्यावसायिक रूपमा सुन्तला भारतीय बजारमा जाँदैन । सुन्तलाको बजार रहेका जिल्लाहरू भारतीय सिमानासँग जोडिएकाले भारतीय बजारमा निर्बाध जान पाए सुन्तलाले बढी मूल्य पाउने किसानको अपेक्षा छ । धरान कृषि बजारको तथ्यांक अनुसार यसपालिको सिजन शुरू भएदेखि पुस १५ सम्ममा ३ हजार मेट्रिक टन सुन्तला आएको छ । यसपालि राम्रो फलेकाले सिजनभरिमा ६ हजार मेट्रिक टन सुन्तला कृषि बजारमा आउने अनुमान गरिएको छ । गतवर्ष कृषि बजारमा ५ हजार ६०० मेट्रिक टन सुन्तलाको कारोबार भएको व्यवस्थापक भट्टराईले बताए ।

सिमेन्ट निर्यातमा अनुदान कार्यविधिले समस्या

काठमाडौं, पुस २७ । सरकारले निर्यात प्रवर्द्धनका लागि ल्याएको अनुदान कार्यविधिमा सिमेन्टको हकमा १ वर्षमा ५० करोडभन्दा माथिको निकासी गरेमात्रै ८ प्रतिशत अनुदान दिने व्यवस्था गरेपछि व्यवसायीले असहज महसूस गरेका छन् । चालू आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको थियो । उक्त घोषणाले सिमेन्ट उत्पादकहरू निकासीतर्फ आकर्षित […]

सिमेन्ट निर्यातमा अनुदान कार्यविधिले समस्या

काठमाडौं । सरकारले निर्यात प्रवर्द्धनका लागि ल्याएको अनुदान कार्यविधिमा सिमेन्टको हकमा १ वर्षमा ५० करोडभन्दा माथिको निकासी गरेमात्रै ८ प्रतिशत अनुदान दिने व्यवस्था गरेपछि व्यवसायीले असहज महसूस गरेका छन् । चालू आर्थिक वर्ष २०७९-८० को

रुस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन चीनको आग्रह

चीनले रूस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा भएको ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ मा समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गर्नुभएको हो । चिनियाँ राजदूतले दुई देशको युद्धबाट अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन आह्वान गर्दै आर्थिक एवं व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुनेमा जोड दिनुभयो । रूस–युक्रेन द्वन्द्वकाबीच विश्व बजारमा आपूर्ति शृङ्खलामा अवरोध भएक...

भारतले चिया निर्यातमा समस्या खडा गर्नु हुन्नः झलनाथ खनाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भारतले निर्वाचनको मुखमा आएर चिया निर्यातमा समस्या खडा गर्न नहुने बताएका छन्। भारतमा नेपाली चिया निर्यातमा रोक लगाउने विषय बाहिर आएको भन्दै त्यस्तो हुन नदिन मंगलबार खनालको नेतृत्वमा इलामका चिया उत्पादकहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएपछि नेता खनालले यस्तो बताएका हुन्। उनले निर्वाचनको मुखमा […]

उचित हवाई पारवहनको अभावले अफगानिस्तानमा निर्यातको समस्या

काबुल । अफगानिस्तानको एअर करिडोर अवरुद्ध भएकाले हवाई पारवहनको अभावका कारण यहाँको स्थानीय सामान निर्यातमा समस्या भएको बताइएको छ । अफगानिस्तानको चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्ट (एसीसीआई) ले आइतबार जारी वक्तव्यअनुसार एअर करिडोर अवरुद्ध हुँदा उडानहरू स्थगित गर्नुपरेको र विदेश पठाउनुपर्ने सामान आपूर्तिमा चुनौती सिर्जना भएको हो । टोलो न्युजका अनुसार अधिकारीहरूले समस्या समाधान गर्न […]

चिया निर्यातकाे अवरोध हट्यो तर समस्या भने कायमै

काठमाण्डाै – नेपाली चिया गुणस्तरहीन भएको भन्दै निर्यातमा लगाइएको भारतीय अवरोध हटेको छ । तर सहज निर्यातमा भने समस्या कायमै रहेको उद्योगीहरु बताउँछन् । ‘टी बोर्ड अफ इन्डिया’बाट अनुमति लिएर मात्रै नेपाली चिया निर्यात गर्ने नियम सुरू भएकाले निर्यातमा फेरि समस्या भएको हो । बोर्डको अनुमति लिन वितरणका लागि चिया आयात गर्ने सबै निकायले गुणस्तर परीक्षणको नमुना संकलन गरी २४ घण्टाभित्र भण्डारण गर्ने ठाउँको जानकारी गराउनुपर्ने हुन्छ । यी सबै प्रक्रिया पूरा गर्दा धेरै समय लाग्ने भएकाले सहज निर्यातमा समस्या रहेको चिय...

कोरोनाले तयारी पोशाक निर्यातमा समस्या

काठमाडौं । कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ । तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितिले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ । पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि खनारले पहिलो चरणको लकडाउन सुरु भएयता कम्पनीको उत्पादन क्रमशः घट्दो क्रममा […]

तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या

कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ । तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितीले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ ।  पूर्वकै...