नेपाल सरकारका विगतका नीतिगत व्यवस्था र भारतको पछिल्लो नीतिबाट अत्यन्त प्रभावित वायर, रड उद्योगहरूले सरकारले ल्याएको २०७९/८० को बजेटमा उद्योगहरुको संरक्षण विपरितका नीति अवलम्बन गरेकोमा उद्योगीहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।आर्थिक बर्ष २०७९/८० को बजेट जारी हुनुअगावै विभिन्न संघ–संस्थाहरु मार्फत र स्वयं वायर रड उद्योगहरूबाट नेपाल सरकार लगायत सम्बन्धित निकायहरूलाई भारतको २२ मे, २०२२ को नीतिबाट उद्योगहरुलाई कच्चा पदार्थ आयातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको जानकारी गराई त्