इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालीमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट पारित भएको हो ।राजधानी सार्ने कानुनलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रुपमा दाबी गरिएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहँदै आएको थियो । जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनु लगायतका कारणले राजधानी सार्नुपर्ने अवस्था आएको हो ।रा...