इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो । यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहदै आएको थियो ।राजधानी सर्ने सम्बन्धी अवधारणा विगतमा केही पूर्व राष्ट्रपतिहरूले पनि उठाउँदै आएका थिए । जाकार्ताको जनसङ्ख्या