१६ पुस, पोखरा । मर्दी हिमाल पदमार्गमा एकल पदयात्रामा निस्किएका स्विडेनका नागरिक माइकल लिउ ब्लमबर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन छन् । शनिबार बिहान करिब ४ बजे मर्दी हाइक्याम्पबाट बेसक्याम्पतिर उक्लिएका उनी सोमबार बिहानसम्म सम्पर्कमा आएका छैनन् । मर्दी ट्रेकका क्रममा सम्पर्कविहीन हुने माइकल पहिलो उदाहरण भने होइनन् । मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अनुसार विभिन्न मितिमा […]