पाँच दलीय संयन्त्र होइन, समन्वय समिति हो : जनमोर्चा

पाँच दलीय गठबन्धनले सरकारको सञ्चालनको लागि कुनै संयन्त्र नभएर एउटा समन्वय समिति मात्र बनाउने निर्णय गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । सामाजिक सञ्जाल, पत्र–पत्रिका र कतिपय व्यक्तिहरूले त्यो समितिलाई सरकारको सञ्चालन सम्बन्धी संयन्त्र नै भएको बताइरहेकोमा पार्टीले एक विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको हो ।पार्टीकी उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले विज्ञप्तिमा भनेकी छन्, 'पहिले सरकारको सञ्चालनको लागि पाँच दलीय संयन्त्र बनाउने कुरा उठेको थियो । तर हाम्रो पार्टी सरकारमा सामेल