काठमाडौं : नेकपाको विभाजन हुनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पटक-पटक उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव राखे। सरकार सञ्चालनलाई सहज बनाउन भन्दै प्रचण्डले गरेको प्रस्ताव ओलीको बेवास्ताकै कारण सफल हुन सकेन। ‘राष्ट्रिय सहमति आवश्यक छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र बनाएर जान सकिन्छ। मैले साथसाथै के पनि भनेको छु भने मुख्य कुरा सरकार हो। सरकारले बनाउने संयन्त्र जो बनेको छ ठिक छ, त्यसले नै काम गर्न