सत्तागठबन्धनले आगामी चुनावमा तीन तहमा संयन्त्र बनाउने

काठमाडौं, १७ चैत्र । आगामी स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले तीन तहमा संयन्त्र बनाउने भएको छ । आज बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले प्रदेश, जिल्ला र पालिकास्तरमा संयन्त्र बनाउने निर्णय गरेको हो । संयन्त्र बनाउन सम्बन्धित ठाउँमा गठबन्धनको अवस्थाबारे प्रतिवेदन बनाएर चैत्र २२ भित्र केन्द्रमा पठाइसक्नुपर्नेछ । गठबन्धनको अनुसार पार्टीहरुको अवस्था हेरेपछि […]

सम्बन्धित सामग्री

एमालेसँग जिल्ला तहमा सहकार्य हुनसक्छ : राप्रपा अध्यक्ष लिङ्देन

बाँके – राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा जिल्लास्तरमा नेकपा एमालेसँग सहकार्य हुनसक्ने बताउनुभएको छ । राप्रपा बाँकेले सोमवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आवश्यकताका आधारमा जिल्ला तहमा सहकार्य हुन सक्ने तर कुनै पनि पार्टीसँग देशव्यापी गठबन्धन नहुने स्पष्ट पार्नुभयो । नेकपा एमालेसँग जिल्लास्तरमा सकारात्मक छलफल अघि बढेको भन्दै अहिलेसम्म निष्कर्ष भने नआएकाे उहाँकाे भनाइ छ ।  अघिल्लो चुनावम...

भोजपुरका ९ पालिकामा २०७४ र २०७९ को स्थानीय चुनावमा दलले कति जिते कति गुमाए ?

भोजपुरमा ९ स्थानीय तह रहेका छन् । यही वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा भोजपुरका ३ पालिका प्रमुखमा काँग्रेसले जितेको छ । उपप्रमुखमा भने ४ स्थानीय तहमा जित हात पारेको छ । यस्तै एमालेले ३ स्थानीय तहमा प्रमुख पदमा जित हात पारेको छ भने उपप्रमुखमा पनि ३ स्थानीय तह जितेको छ । यस्तै माओवादी केन्द्रले २ स्थानीय तह प्रमुखमा जित हात पारेको छ । उपप्रमुख तर्फ २ स्थानीय तह जितेको छ । यस्तै साल्पासिलिछो गाउँपालिका अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । भोजपुरका ९ स्थानीय तहमा अघिल्ल

मोरङका सबै स्थानीय तहमा एकल उम्मेदवारी दिने एकीकृत समाजवादीको निर्णय

विराटनगर : एकीकृत समाजवादी पार्टीले मोरङ जिल्लाका सबै स्थानीय तहमा एकल रूपमा उम्मेदवारी दिने निर्णय गरेको छ।विराटनगरमा आज (शुक्रबार) बसेको बैठकले पाँचदलीय गठबन्धनका अन्य दलहरूसँगको छलफल सकारात्मक दिशामा अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै विराटनगर महानगर बाहेक १५ वटा स्थानीय तहमा एकल उम्मेदवार छनोट गरी चुनावमा जाने निर्णय गरेको हो।बैठकले मोरङका सबै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने समेत निर्णय गरेको मोरङ जिल्ला पार्टी प्रचार विभाग प्रमुख ओसिम आलम

कांग्रेसले स्थानीय तहमा उठ्न इच्छुकको नाम समानुपातिक सूचिबाट हटाउने

३० चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा उठ्न इच्छुकको नाम समानुपातिक सूचिबाट हटाउने भएको छ । कांग्रेस कार्य सम्पादन समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचिमा नाम रहेकाले पनि स्थानीय चुनावमा उठ्न इच्छा गरेको भन्दै इच्छुकको नाम बन्द सूचिबाट हटाउने निर्णय गरेको छ । बन्द सूचिबाट नाम नहटी स्थानीय तह चुनावमा उम्मेद्वार बन्न नपाइने व्यवस्था छ […]

एमाले र परिवार दलबीच सहमति, चुनावमा एक–अर्कालाई सघाउने

काठमाण्डाै – नेकपा एमाले र नेपाल परिवार दलबीच पालिका चुनावमा एकअर्कालाई सघाउने विषयमा सहमति भएको छ । एमाले र परिवार दलबीच आज बुधवार सहमतिपत्रमा हस्ताक्षर भएकाे हाे । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच पालिका चुनावमा एक–अर्कालाई सघाउने सहमतिपत्र आज सार्वजनिक भएको हो । दुई दलले देशभर सम्भव भएका ठाउँमा तालमेलन गर्ने, आफ्ना उम्मेदवार नभएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र जिल्ला तहमा सहमतिमा उम्मेदवार भएका ठाउँमा सूर्य चिह्नमा चुनावमा जाने सम्झाैतामा ...

चुनावमा सबै तहमा गठबन्धन सम्भव छैन : अध्यक्ष यादव

पर्सा – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आउँदाे स्थानीय तहको चुनावमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताउनुभएको छ ।  आज सोमवार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव छैन, जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौँ, जहाँ–जहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरू एक्ला–एक्लै मित्रवत् ढङ्गले चुनाव लड्ने बताउनुभयो । अध्यक्ष यादवले मधेशी जनताको अधिकारका लागि आफ्नो पार्टीले सदन...

एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छ : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदाे स्थानीय तह चुनावमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।  आज मङ्गलवार काठमाण्डाैमा आयोजित अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह चुनावमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गर्नुभएको हो ।  अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यसको वैशाखी ट...

स्थानीय तहमा जुन पार्टी बलियो उसैलाई गठबन्धनको उम्मेदवार बनाइने !

सत्तारुढ गठबन्धनमा आगामी स्थानीय तह निर्वाचनमा मिलेरै जाने भन्नेबारे छलफल भइरहेको छ । बिहीबार भएको सत्ता गठबन्धनको बैठकमा मिलेरै आगामी स्थानीय तहको चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो चुनावमा गठबन्धनभित्रका जुन दलको स्थानीय तहमा बलियो उपस्थिति रहेको छ उही दललाई उम्मेदवार दिएर बाँकी दललाई सघाउन सकिने बारे धारणा राखेका थिए । यस्तै गठबन्धन कमजोर भएको स्थानमा चाहिँ छलफलका आधारमा साझा उम्मेदवार खडा गर्न सकिने द

चुनावमा एमाले र राजावादीसँग तालमेल नगर्ने मसालको निर्णय

नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग कुनैपनि हालतमा तालमेल नगर्ने निर्णय गरेको छ ।  पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गर्दै सम्भव भएसम्म सत्ता गठबन्धनमा आबद्ध दलसँग भने तालमेल गर्न सकिने निर्णय गरेको छ । ‘आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने हाम्रो नीति हुने छ । तर त्यसो गर्दा राजावादी र एमालेसित कुनै पनि स्थानमा तालमेल नगर्ने हाम्रो नीति हुने छ’, मंगलबार बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव मोह