कृषि क्षेत्रमा ६ करोड बढी बजेट

दाङ– कृषि ज्ञान केन्द्र दाङको चालु आर्थिक वर्षका लागि २०८०/०८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारबाट विनियोजन भई कार्यान्वयनका लागि आएको स्वीकृत भएको कार्यक्रम सार्वजनिक गरिएको हो । कृषि क्षेत्रको बजेट अघिल्लो आर्थिक वर्षमा घटेको कार्यालय प्रमुख नरेश धितालले बताए । ज्ञान केन्द्रका अनुसार जिल्लामा […]

सम्बन्धित सामग्री

भूकम्प प्रभावित क्षेत्रमा करोडौँको कृषि कार्यक्रम

भूकम्प प्रभावित क्षेत्रमा साढे ६ करोड रुपैयाँ खर्च हुने गरि कृषि उपजजन्य कार्यक्रममा गर्न लागिएको छ।विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालय कर्णाली प्रदेश मार्फत पशु तथा कृषि क्षेत्रमा कार्यक्रम गर्न लागेको हो।...

कृषि, सामाजिक र भौतिक विकासमा ६ करोड लगानी

जुम्लाको तिला र तातोपानी गाउँपालिकामा सञ्चालित भकारी परियोजनामार्फत् सञ्चालित गतिविधिले कृषि, सामाजिक र भौतिक क्षेत्रको विकासले फड्को मारेको छ । तीन वर्ष परियोजनाले सामाजिक रूपान्तरणसँगै आयआर्जन वृद्धि, क्षमता विकास र कृषि उत्पादन र भौतिक विकासमा उल्लेखनीय काम गरेको पाइएको छ । परियोजनामार्फत् सिँचाइ अभावले बाँझिँदै गएका खेतीयोग्य जमिनमा सिँचाइ सुविधामात्र पुगेको छैन । विद्यमान सामाजिक […]

लालबन्दीबाट एक महिनामै २० करोडभन्दा बढीको तरकारी निकासी

सर्लाही : सर्लाहीको सबैभन्दा ठूलो तरकारी बजार लालबन्दीबाट एक महिनामा २० करोड २३ लाखभन्दा बढीको तरकारी निकासी भएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीकाे तथ्यांक अनुसार असार महिनामा लालबन्दी बजारबाट २० करोड २३ लाख १७ हजार ५ सय रुपैयाँको  अन्य तरकारी निकासी भएको हो।असार महिनामा लालबन्दीबाट सबैभन्दा धेरै हरियो बोडी मात्रै ६ करोड ५३ लाख ७५० रुपैयाँको निकासी भएको छ। बोडीपछि परबल ४ करोड ६९ लाख ४८ हजार ७५० रुपैयाँको निकासी भएको बजार व्यवस्थापन समितिले जनाएको छ।अहिले मुख्यगरी बोडी र परबल

पौवादुङमामा अकबरे खुर्सानीबाट भित्रियो ६ करोड

भोजपुर : व्यवसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ। बजारमा माग राम्रो भएपनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो।यहाँका विभिन्न ठाउँमा कृषकहरुले व्यवसायिक रुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन्।  विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ। गएको सिजनमा गाउँपालिकामा खुर्सानी बिक्रीबाट रु. ६ करोड ५० लाख बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए। प्रमुख

गुल्मी महोत्सव सकियो, ६ करोड बढीको कारोबार

७ वैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ । महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका हुन् । महोत्सवको समापन गर्दै नगरप्रमुख भुसालले बाणिज्य संघले सफलता पूर्वक महोत्सव सम्पन्न गरेकोमा धन्यवाद दिए । उनले जिल्लामा उद्योग बाणिज्य संघले धेरै सामाजिक कार्य गरेको […]

तथ्यांकोवाच : रू. १ अर्ब ६ करोड बराबरको कागती आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. १ अर्ब ६ करोड बराबरको कागती आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा कागती आयातको औसत वार्षिक वृद्धिदर करीब ४२ प्रतिशत रहेको छ । कृषि श्रमिकको कमी, कागती खेतीयोग्य कृषि भूमिको विनाश, बढ्दो शहरीकरण तथा भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा ठूलो अनुदानयुक्त मुलुकको कागती उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम कागती उत्पादन हुन नसक्दा यसको आयातमा उच्च वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै कागती उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर हुने निश्चित छ ।

काँकडभिट्टा नाका : कृषि वस्तुको आयात बढ्यो, निर्यात घट्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात भएको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकले देखाएको छ ।      चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा उक्त नाकाबाट चार अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्यांक छ । सो अवधिमा नेपालबाट बंकलादेश, भारतलगायतका स्थानमा २ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको कार्यालयका प्रमुख देवीन्द्र साहूले जानकारी दिए । सो अवधिमा बंगलादेशबाट सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड ४६ लाख ५० हजार र भटमासकै दाना (तेलका लागि) एक अर्ब ६ करोड ४३ लाख ६४ हजारका आयात भएको छ । यस्तै मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा ३४ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको छ । त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ । कार्यालयका अनुसार भारतबाट २३ करोड ९२ लाखको धान र आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ । नेपालबाट भारत र बंगलादेशमा अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्यांक अनुसार सो अवधिमा १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । यो नाकाबाट अलैंची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निकासी हुँदै आएको छ । रासस

वर्षाले बागमतीमा करिब ६ करोड रूपैयाँ बराबरको धानमा क्षति

हेटौंडा : केही दिनअघिको बेमौसमी वर्षाले बागमती प्रदेशमा ५ सय ३० हेक्टरको ५ करोड रूपैयाँभन्दा बढिको धानबालीमा क्षति पुगेको छ।बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संकलन गरेको विवरणअनुसार प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा ५ करोड ८१ लाख २७ हजार ३ सय ३ रूपैयाँ बराबरको धानबालीमा क्षति पुगेको हो।मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशको १० जिल्लाको ५ सय ३० हेक्टरमा लगाइएको अनुमानित २ हजार ६८ मेट्रिकटन धानमा बेमौसमी वर्षाले गर्दा