काँकडभिट्टा नाका : कृषि वस्तुको आयात बढ्यो, निर्यात घट्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात भएको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकले देखाएको छ ।      चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा उक्त नाकाबाट चार अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्यांक छ । सो अवधिमा नेपालबाट बंकलादेश, भारतलगायतका स्थानमा २ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको कार्यालयका प्रमुख देवीन्द्र साहूले जानकारी दिए । सो अवधिमा बंगलादेशबाट सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड ४६ लाख ५० हजार र भटमासकै दाना (तेलका लागि) एक अर्ब ६ करोड ४३ लाख ६४ हजारका आयात भएको छ । यस्तै मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा ३४ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको छ । त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ । कार्यालयका अनुसार भारतबाट २३ करोड ९२ लाखको धान र आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ । नेपालबाट भारत र बंगलादेशमा अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्यांक अनुसार सो अवधिमा १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । यो नाकाबाट अलैंची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निकासी हुँदै आएको छ । रासस

सम्बन्धित सामग्री

काँकडभिट्टा नाका - चीनबाट ३ अर्ब रुपैयाँकाे सामान आयात हुँदा निर्यात शून्य

झापा – गएकाे आर्थिक वर्ष (आव) २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गएकाे आवमा मात्रै यस नाकाको व्यापार घाटा २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजार रुपैयाँभन्दा बढी छ । गएकाे आवमा काँकडभिट्टा नाका भई विभिन्न देशबाट ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार बराबरको सामान आयात भएको छ भने त्यही अवधिमा त्याे नाकाबाट जम्मा २२ अर्ब चार करोड १८ लाख ९३ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमु...

काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

झापा – काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन […]

सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

५ माघ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटीले सीमावर्ति क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ को संक्रमणबाट जोगाउन आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वीरगञ्ज, विराटनगर र काँकडभिट्टा नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि लक्षित गरेर विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । रेडक्रसले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सर्जीकल मास्क, सर्जीकल ग्लोभ्स, ह्यान्ड सेनीटाईजर, फेस शिल्ड, बुट, […]

अदालतको आदेशपछि हट्यो जोरसिमलको सशस्त्र प्रहरी चेकपोस्ट

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-७ जोरसिमल खण्डबाट सशस्त्र प्रहरी बलको चेकपोस्ट हटेको छ । ११ वर्षअघि स्थापना भएको चेकपोस्ट उच्च अदालत विराटनगरको इलाम इजलासको आदेशबाट हटेको हो । काँकडभिट्टा नाका नजिकै रहेको सशस्त्र प्रहरी बलको चेकपोस्ट हटाउन माग गर्दै सन्दीप खनालले उच्च अदालतमा रिट दिएका थिए । २४ साउनमा दुवै पक्षलाई […]

तेस्रो मुलुकबाट आयात हुने माछा र भुरामा कमी

झापालगायत नेपालका अन्य जिल्लामा व्यावसायिक रूपमै माछा उत्पादन सुरु भएपछि भारतसहित तेस्रो मुलुकबाट आयात हुने माछा तथा माछाका भुरामा कमी आएको छ ।मेची भन्सार कार्यालय काँकडभिट्टा नाका भएर नेपालले चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ महिनासम्ममा विदेशबाट ३ लाख ७२ हजार ५ सय ६४ रुपैयाँ बराबरको ३ हजार ४ सय १९ केजी माछा आयात गरेको […]

तेस्रो मुलुकबाट आयात हुने माछा र भुरामा कमी

झापालगायत नेपालका अन्य जिल्लामा व्यावसायिक रूपमै माछा उत्पादन सुरु भएपछि भारतसहित तेस्रो मुलुकबाट आयात हुने माछा तथा माछाका भुरामा कमी आएको छ ।मेची भन्सार कार्यालय काँकडभिट्टा नाका भएर नेपालले चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ महिनासम्ममा विदेशबाट ३ लाख ७२ हजार ५ सय ६४ रुपैयाँ बराबरको ३ हजार ४ सय १९ केजी माछा आयात गरेको […]

निरन्तर घट्दै नगदे बालीको मूल्य

निर्यातका लागि भारतीय बजारको भर पर्दा नगदेबालीले मूल्य पाउन छाडेको छ। भारतीय बजारको भरपर्दा अलैंची, अदुवा, अम्रिसो कुचो र चिराइतोको मूल्य बर्सेनि गिरावट भइरहेको छ। नेपालमा उत्पादन भएका नगदेबाली काँकडभिट्टा नाका हुँदै भारत जाने गरेको छ।  ‘अलैंचीको मूल्य ७ वर्षअघिको तुलनामा आधाभन्दा तल झरेको छ,’ अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारी भन्छन्, ‘अरू बालीको अवस्था पनि उही छ।’ मूल्य घटेसँगै खरिद बिक्रीमा समेत समस्या हुन थालेको उनले बताए। भारतीय बजारको विकल्प नभएपछि मूल्य निर्धार...

खुल्ला छैन काँकडभिट्टा नाका

झापा – नेपालको पूर्वी नाका काँकडभिट्टा खुल्ला भएको समाचार आइरहँदा झापाका स्थानीय अधिकारीहरूले उक्त नाका खुल्ला नभएको बताएका छन्। कोरोना भाइरसको संक्रमण रोकथामका लागि अन्य नाकासँगै बन्द गरिएको काँकडभिट्टा नाका खुल्ला भएको समाचारमा तथ्य नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताए। उनले भने, ‘भारतीयहरूका लागि काँकडभिट्टा नाका बन्द छ। अन्य […]

चार महिनापछि खुल्यो काँकडभिट्टा नाका

चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ।

भारत हिँडेका नेपाली मालवाहक ट्रकलाई मेची पुलमै अवरोध

विराटनगर । पश्चिमबंगाल सरकारको अवरोधका कारण नेपालबाट झापाको काँकडभिट्टा नाका हुँदै भारततर्फ हुने निकासी ठप्प