वर्षाले बागमतीमा करिब ६ करोड रूपैयाँ बराबरको धानमा क्षति

हेटौंडा : केही दिनअघिको बेमौसमी वर्षाले बागमती प्रदेशमा ५ सय ३० हेक्टरको ५ करोड रूपैयाँभन्दा बढिको धानबालीमा क्षति पुगेको छ।बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संकलन गरेको विवरणअनुसार प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा ५ करोड ८१ लाख २७ हजार ३ सय ३ रूपैयाँ बराबरको धानबालीमा क्षति पुगेको हो।मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशको १० जिल्लाको ५ सय ३० हेक्टरमा लगाइएको अनुमानित २ हजार ६८ मेट्रिकटन धानमा बेमौसमी वर्षाले गर्दा