भोजपुर : व्यवसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ। बजारमा माग राम्रो भएपनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो।यहाँका विभिन्न ठाउँमा कृषकहरुले व्यवसायिक रुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन्। विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ। गएको सिजनमा गाउँपालिकामा खुर्सानी बिक्रीबाट रु. ६ करोड ५० लाख बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए। प्रमुख