काठमाडौं, ९ चैत (कास)ः युनाईटेड फाइनान्सले २५औं र २६औं शाखा रुपन्देहीको मणिग्राम र तानसेनको पाल्पामा सञ्चालनमा ल्याएको छ । मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाईनान्सका सञ्चालक प्रभा पाण्डेले तथा पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही र युनाईटेड फाइनान्सका सञ्चालक मनिषकुमार खेमकाले संयुक्त रुपमा गरे । […]