चीनका राष्ट्रपति सी चिनपिङले देशको सैन्य नेतृत्वलाई अफगानिस्तान सीमामा सशस्त्र द्वन्द्व हुन सक्ने भएकाले संघर्षका लागि तयार रहन सचेत गराएका छन् ।
उनले चीन सैन्य संघर्षका लागि तयार रहनुपर्ने भनी शुक्रवार बताएका हुन् । सेप्टेम्बर महिनामा अमेरिका अफगानिस्तानबाट पूरै हट्ने भएपछि चीन सतर्क बनेको छ ।
जनमुक्ति सेना गठन गरिएको ९४औं वर्षगाँठ आउन लागेको बेलामा सीले देशको सैन्य शक्ति बढाउन आह्वान गरेका हुन् । बेइजिङमा अधिकारीहरूले अमेरिकाको घरफिर्तीसँगै तालिबानको पुनरुदय भएको र क्षेत्रीय अस्थिरता बढिरहेको भन्दै चिन्ता व्...