टाटा ‘पन्च’ बारे थाहापाउनुस् ५ तथ्य, २५ लाखमै आउला नेपाल

काठमाडौं । ग्राहकले यसअघि साना ह्याचव्याक कारबाट इन्ट्री गर्ने गरेको भएपनि अहिले एसयूभीमा हुन थालेको छ । यस्तोमा कम्पनीहरुले सानो साइजमा एसयूभी जस्तै गाडी बजारमा ल्याउन थालेका छन् । महिन्द्राले सुरु गरेको माइक्रो एसयूभी सेग्मेन्टमा अब धेरै कम्पनीले आँखा लगाएका छन् । हुन्डाईले यही सेग्मेन्टमा नयाँ गाडी बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ भने टाटाले […]

सम्बन्धित सामग्री

इभी एक्स्पोमा टाटा मोटर्सलाई उत्साहजनक प्रतिक्रिया

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभीएक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरू प्रदर्शनीमा राखेको थियो।...

नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको आज अन्तिम दिन

काठमाडौं, ९ असोज । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले बिहीबारदेखि नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनमा राखेको छ । नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको प्रदर्शनी गर्ने आज अन्तिम दिन हो । प्रदर्शनमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक […]

टाटा नेक्सन ईभीकै जिपट्रेन प्रविधिमा अर्को गाडी ईभीमा चाडैं नेपाल आउँंदै

४ वर्षदेखि नेपाली अटोबजारमा पहिलो स्थानमा रहेर सर्वाधिक बिक्री हुने टाटा टिगोर मा उक्त जिपट्रेन प्रविधिमा आउँंदै काठमाडौं, ६ माघ । आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिना अघि मात्रै भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ। भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुवाती मूल्य भारु ११ लाख ९९ […]

जिपट्रोन प्रविधिमा आधारित टाटा टिगाेर ईभी छिट्टै नेपाल भित्रिने

काठमाण्डाै - टाटाकाे नयाँ विद्तयुतीय कार 'टिगाेर ईभी' छिट्टै नेपाली बजारमा भित्रिने भएकाे छ ।  टाटाका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगाेर ईभी नेपाली बजारमा चाँडै आउने जानकारी गराएकाे हाे । टिगाेर ईभी टाटा टिगाेरकाे विद्युतीय माेडल हाे । ग्राहककाे सर्वाधिक राेजाइमा परेकाे टाटा टिगाेर २०१८ को अन्त्यतिर नेपाली बजारमा सार्वजनिक भएकाे थियाे । टिगोर ईभी भित्रिएसँगै नेपाली बजारमा टाटाका दुई वटा विद्युतीय गाडी उपलब्ध हुनेछन्, ...

टाटा नेक्सन ईभीको दोस्रो संस्करण नेपाल आउँदै

काठमाडौं (अस) । नेपाली बजारमा  सेडानमध्ये टाटाको टिगोर गाडी बिक्री हुँदै आएको छ । गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपंक्तिमा रहेको टाटा टिगोर नेपालमा  सन् २०१८ को अन्त्यतिर सार्वजनिक भएको थियो । आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिनाअघि  भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ । झन्डै तीन महिना सार्वजनिक टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुआती मूल्य भारु ११ लाख ९९ हजार तोकिएको छ । नेपाली बजारमा पनि  टिगोर ईभीलाई छिट्टै भित्र्याइने भएको छ । नेपाली बजारमा टाटाका दुई विद्युतीय मोडल टिगोर ईभी र नेक्सन ईभी बिक्री हुनेछन् । नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ । टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ, जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ । टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । यो गाडी २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बीएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ । यो डुअल–टोन विकल्पमा उपलब्ध गराइए यसको माथिल्लो भाग (रुफ) कालो रंगको हुनेछ । यसको अगाडि भागमा पूरै एलइडी डिआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको  छ । गाडीको पछाडि हेर्ने रिअर भ्यू ऐना पनि फोल्डेबल हुनेछन् । गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायत विशेषता रहेका छन् । टिगोर ईभीमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डरजस्ता विशेषता छन् । टाटा मोटर्सले टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा टिगोर ईभीको मूल्य तोकिए पनि नेपालमा हालसम्म मूल्य सार्वजनिक गरिएको छैन । नेपालमा टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो ।

बजारमा टाटा मोटर्सको नयाँ एनआरजी

काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘नयाँ फरएभर रेञ्ज’ अन्तर्गतको नयाँ गाडी एनआरजी सार्वजनिक गरेको छ । ह्याचब्याकमा एसयूभीको जस्तै ड्राइभिङ अनुभव गर्न चाहने युवा ग्राहक लक्षित गरी एनआरजी सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।‘अर्बन टफरोडर’ को रुपमा आएको उक्त गाडिको बाहिरी बनावट बलियो र ग्राउन्ड क्लेरेन्स उच्च रहेको कम्पनीले जनाएको छ । सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्

एसयुभी टाटा ‘पन्च’ अक्टोबर ४ मा सार्वजनिक हुने

टाटाको प्रतिक्षित माइक्रो एसयूभी ‘पन्च’आगामी अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले भारतमा सार्वजनिक गर्न लागेको यो एसयूभी नेपाल पनि चाँडै आउने अपेक्षा गरिएको छ । टाटा मोटर्सले आफ्नो पहिलो माइक्रो एसयूभीकोरुपमा यसलाई बजारमा ल्याउन लागेको हो ।

नेपाली बजारमा नयाँ टाटा सफारी

काठमाडौं (अस) । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ । ७ सिट क्षमताको यो गाडीमा आरामदायी र उत्कृष्ट कार्यक्षमता रहेको कम्पनीले बताएको छ । शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीको भनाइ छ । ट्रोपिकल मिस्ट रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिको सौन्दर्यबाट प्रभावित रहेको छ । नेपाल पनि यस्तै वनस्पतिले भरिपूर्ण भएकाले नयाँ सफारी सुहाउँदो रहेको कम्पनीले बताएको छ । सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का सोरुममार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभका लागि उपलब्ध गराइनेछ । ‘एसयूभी नयाँ सफारी उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा फरेभर रेञ्जका गाडीको तीन आधारस्तम्भ हुन् । नेपालमा पनि यो गाडी रोजमाइमा पर्ने विश्वास छ,’ टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस प्रमुख मायांक बाल्डले भने । ओमेगा आर्किटेक्चरमा तयार पारिएको यो गाडीको डिजाइन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । भारतमा ६ महिने अवधिमै १० हजार थानभन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भइसकेको छ । ‘नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा अर्को कोसेढुंगा हो । नेपाली ग्राहकको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यो गाडीले एसयूभी प्रयोगलाई वृद्धि गर्ने आशा छ,’ सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले भने । कम्पनीले नयाँ टाटा सफारीको सुरु मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

टाटा गाडीको खरिद गर्ने ग्राहकलाई नेपाल एसबिआई बैंकले दिनेछ हायर पर्चेज कर्जा

काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सवारी खरिद कर्जा सम्बन्धी सम्झौता भएको छ ।सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने छ ।उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङ्गका बिक्री तथा प्रवर्धनका प्रमुख अनुपम ढकालले हस्ताक्षर गरेका छन् ।

नेपाल भित्रियो १९ लाख ७५ हजार पर्ने टाटाको ट्रक

टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले स्मार्ट कम्प्याक्ट ट्रक ‘टाटा इन्ट्रा भी२०' नेपाली बजारमा ल्याएको छ।